EVENTMUSICNEWS

चार वर्षमा एक सय आठ कीर्तिमान

सिनेमा संसार संवाददाता
काठमाडौं
गीतकार डा. डीआर उपाध्यायले एक सय आठ विश्व रेकर्ड कीर्तिमान कायम गरेका छन्। चार बर्षमा गीतसंगीत र साहित्य क्षेत्रमार्फत उनले यो कीर्तिमान राखेका हुन्।
शुक्रबार राजधानीमा आयोजित एक विशेष समारोहबीच उनले २८ विश्व कीर्तिमान प्रमाण पत्र बुझ्दै आफ्नो विश्व कीर्तिमानको सख्या एक सय आठ पुर्याएका हुन्। उपाध्यायले एभरेस्ट वल्र्ड रेकर्ड, युरोपियन रेकर्ड बुक्स, अमेरिका बुक अफ रेकर्ड, च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड, सुप्रिम वल्र्ड रेकर्ड, द बृटिस वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम र एसियन वल्र्ड रेकर्डजस्ता विश्व रेकर्ड प्रदान गर्ने संस्थाबाट रेकर्ड प्राप्त गरेका हुन्। उनलाई पूर्व प्रधानमन्त्री झलनाथ खनालले २८ विश्व कीर्तिमान प्रमाण पत्र प्रदान गरे।
कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले डा. उपाध्यायले सिर्जनाको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन सफल भएको बताए। गीतकार संघका निवर्तमान अध्यक्ष चुणमणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, संगीतकार सन्तोष श्रेष्ठलगायतले गीतकार उपाध्यायको कामको चर्चा गरेको कार्यक्रममा उपाध्यायका आठ एल्बम समेत एकसाथ बिमोचन गरिएको थियो।
गिनिज बुक अफ वल्र्ड रकेर्डसहित एक सय आठ विश्व रेकर्ड कायम गरेका डा. उपाध्यायका १२ उपन्यास सार्वजनिक भएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button