CINEMA

बद्री बहादुरको पुलिस दाई सार्वजनिक

सिनेमा संसार संवाददाता
काठमाडौं । शोभित बस्नेतद्धारा निर्देशित सिनेमा बद्री बहादुरको गीत पुलिस दाई सोमबार राजधानीमा सम्पन्न कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।
आगामी चैत्र २३ गतेबाट रिलीजमा आउने सिनेमाको सार्वजनिक गीतमा अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेतको साथमा सिनेमाका मुख्य कलाकार जयकिसन बस्नेत, राजिव बस्नेत र छुल्ठिम गुरुङलाई फिचर्ड गरिएको छ । पूजा र सलोन फिल्मको यही गीतमा मात्रै देखिने निर्देशक शोभित बस्नेतले जानकारी गराएका छन् ।
गीतमा शिवम अधिकारीको शब्द, टंक बुढाथोकीको संगीत तथा संगीतकार बुढाथोकी र मिलन नेवारको स्वर सुन्न छ । शिव विकको कोरियोग्राफी रहेको गीतमा विनोद सापकोटाको छायांकन छ । विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे फिल्मको निर्मातामा छन् । सिनेमामा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको मुख्य भूमिका छ भने विशेष भूमिकामा पूजा शर्मा, सलोन बस्नेत र निर्देशक बस्नेत स्वयं देखिएका छन् ।
सिनेमामा विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा समिर मियाँको सम्पादन छ ।

Related Articles

Back to top button