CINEMANEWS

आमा बनाउँदै पशुपतिप्रसादका निर्देशक

 

सिनेमा संसार संवाददाता
काठमाडौं
आमाका नाममा फेरि सिनेमा बन्ने भएको छ। २०२० सालमा बनेको यही चलचित्रको नाम सापटी २०५१ सालमा अर्को सिनेमा बनेको थियो।


दोश्रो पटक यो नाममा सिनेमा बनेको करिब २५ बर्षपछि निर्देशक दिपेन्द्र के खनालले यही नाममा तेस्रो सिनेमा निर्देशन गर्ने भएका छन्। मंगलबार राजधानीमा आयोजित एक समारोहबिच दिपेन्द्रको लेखन, निर्देशन, निर्माण र छायांकनमा आमा निर्माणको घोेषणा गरिएको छ। असारको दोस्रो साता छायांकन हुने सिनेमा फागूण ९ गते रिलिजमा ल्याईने भएको छ। निर्देशक खनालका अनुसार सिनेमाल आमा र छोरीबिचको सम्बन्धलाई देखाउनेछ।
चलचित्रको शिर्ष भूमिकामा कलाकार सूर्यमाला खनालले काम गर्दैछिन् । खनालले चलचित्रको कथावस्तुले मन छोएपछि यो चलचित्र गर्न कस्सिएको बताइन् ।
सिनेमामा सूर्यमाला खनाल आमा र सुरक्षा पन्त छोरीको भूमिकामा देखिनेछन्। भूपेन्द्र खड्काको गीत रहने सिनेमामा देशभक्त खनाल, आशान्त शर्मा, मनिष निरौला, पदमप्रसाल पौडेललगायतको अभिनय रहनेछ। ‘पशुपति प्रसादपछि मनमा बस्ने यस्तो सिनेमा नै आएन भनेर दर्शकको गुनासो सुनिरहेको छु। यसैले, अब बर्षमा एउटा दर्शकको मनमा बस्ने, समिक्षकले पनि रुचाउने सिनेमा बनाउने सोच आएको छ र म यो सिनेमा बनाउन कस्सिएको हुँ’ निर्देशक खनालले भने।
दिपेन्द्रले एउटा इतिहास बोकेको टाइटललाई आफूले हरेक कोणबाट न्याय गर्ने दाबी गरे। यो सिनेमा निर्देशक खनालका साथ शर्मिला पाण्डेले निर्माण गर्दैछिन्। काठमाण्डौ र रामेछापको लोकेशनमा खिचिने सिनेमाका सह–निर्माता सन्तोष अधिकारी हुन्।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button