NEWS

नेपाल आएर नग्नता पस्कँदैछिन् पुनम पाण्डे!

सिनेमा संसार संवाददाता
काठमाडौ
विवादास्पद भारतिय मोडल तथा नायिका पुनम पाण्डे वल्र्डकप फुटबल हेर्न नेपाल आउने भएकी छिन्। दरबारमार्गमा रहेको क्लव डिजाबुले महंगो रकम खर्च तिरेर बोलाएपछि पुनम नेपाल आउन लागेकी हुन्।
नेपाल आएर उनले क्लव डिजाबुका दर्शकसँग बसेर वल्र्डकप फुटबलको फाइनल गेम हेर्नेछिन्। सामाजिक सञ्जालमा एक भिडियो मेसेज अपलोड गर्दै पुनमले आफुले सपोर्ट गरेको टिमले वल्र्डकप जिते नेपाली दर्शकलाई सरप्राइज दिने बताएकी छिन्। उनको सरप्राइजको अर्थ प्रायः नग्नता प्रदर्शन हुने गर्दछन्। पुनमले दर्शकका लागि सरप्राइज भन्दै समय समयमा आप्mनो सामाजिक सञ्जालमा आप्mनो नग्न भिडियो र तस्वीर सेयर गर्दै आएकी छिन्। तसर्थ नेपाली दर्शकका लागि उनले दिने भनेको सरप्राइज नग्नता पनि हुन सक्नेछ।
भिडियोमा पुनमले विश्वकप फुटवलको फाइनल खेल हेर्न आफू आउन लागेको तथा नेपाल र नेपालीलाई माया गर्ने बताएकी छिन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button