CINEMAEVENTNEWS

चिसो एष्ट्रे हलिउड स्तरको

सिनेमा संसार संवाददाता
काठमाडौं
सिनेमा चिसो एष्ट्रेलाई सेलिब्रेटीले हलिउड फिल्म जस्तो लागेको प्रतिक्रिया दिएका छन्।
मंगलबार साँझ सिभिल मलको क्युएफएक्स सिनेमामा भएको प्रिमियरमा सिनेमा हेरेपछि प्रतिक्रिया दिँदै सेलिब्रेटीले फिल्मको कथा वाचन र दृश्य भाषा हलिउडस्तरको भएको प्रतिक्रिया दिएका छन्। प्रिमियरमा सामेल कलाकार सन्तोष पन्तले फिल्म हेरेपछि प्रतिक्रिया दिँदै सिनेमा हेरिरहँदा आफूलाई नेपाली हैन हलिउड फिल्म हेरिरहेको भान भएको प्रतिक्रिया दिए।
निर्देशक प्रदीप भट्टराईले पनि सिनेमालाई हलिउडस्तरको मानेको प्रतिक्रिया दिए। उनले नेपाली सिनेमा हलिउड जस्ता किन बन्दैनन् भन्ने दर्शकका लागि चिसो एष्ट्रे जवाफ भएको बताएका थिए। निर्देशक निश्चल बस्नेतले भने निर्देशक दिन्स पाल्पालीको प्रशंसा गर्दै यो सिनेमाको सोचाइ र सोचाइलाई पर्दामा उतार्न निर्देशकले गरेको मेहनत प्रशंसनीय रहेको धारणा राखे।
अभिनेता राजेश हमालले अब्स्ट्रयाक्ट सिनेमा आफ्नो रोजाइमा रहने गरेको जनाउँदै फिल्मले काठमाडौँ खोल्डोलाई दृश्यको माध्यमबाट हेरेको बताए। साहित्यकार कुमार नगरकोटीले पनि यत्तिको सशक्त नेपाली सिनेमा आफूले पछिल्लो समय नहेरेको जनाउँदै यसको संवाद, विम्ब आदि प्रभावशाली रहेको बताए। अभिनेता खगेन्द्र लामिछानेले पनि आफूले हेर्ने र गर्नेभन्दा सिनेमा पृथक रहेको बताएका थिए।
मंगलबार प्रिमियरमा उपस्थित अधिकांशले सिनेमा कथा वाचन गर्ने शैली, कलाकारको अभिनय र छायांकनको मुक्तकण्ठले प्रशंसा गरेका थिए। प्रिमियरमा सेलिब्रेटीको प्रतिक्रियाले सन्तुष्ट देखिएका निर्माता महेशबाबु तिमिल्सिनाले धेरै वर्षको मेहनत सार्थक भएको महसुस गरिरहेको बताए। कवि भूपी शेरचनको ‘चिसो एष्ट्रे’ शीर्षकके कविताको भावलाई कथानक स्वरुप दिई निर्माण गरेको सिनेमा दिन्स पाल्पालीको निर्देशनमा जीवन्त बनेको हो। सिनेमालाई उज्जवल बस्ताकोटीले खिचेका हुन्। अजर जंगमको संगीत रहेको सिनेमामा दिव्य देव, सुशील पाण्डे सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नबिन लम्साल र रविन तामाङको मुख्य भूमिका रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button