FASHIONNEWS

द मिस ग्लोब नेपाल भ्रमणमा

सिनेमा संसार
काठमाडौं
द मिस ग्लोब २०२५ छायाथानुस सरादत्त नेपाल आएकी छिन्। मंगलबार उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आइपुगेकी हुन्।
उनीसँगै मिस ग्लोबका अन्तर्राष्ट्रिय आयोजक फ्याकी बोजो पनि नेपाल आएका छन्। मिस ग्लोबको उपाधि जितेपछि सरादत्तको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो। पहिलोपटक नेपाल आउन पाउँदा आफू निकै खुसी भएको जनाउँदै सरादत्तले नेपालका हिमालप्रति विशेष आकर्षिण्त रहेको खुलाइन्। ‘पहिलोपटक नेपाल आउनु पाउँदा निकै खुसी लाग्यो। यहाँका माउन्टेनबारे धेरै सुनेकी छु, म पहाड र हिमालतिर घुम्न चाहन्छु’ उनले आप्mनो इच्छा सुनाइन्।
सन् २०२५ मा अल्बानियामा सम्पन्न मिस ग्लोबको फिनालेमा सरादत्तले थाइल्यान्डको प्रतिनिधित्व गर्दै ताज पहिरिएकी थिइन्। ८० भन्दा बढी देशको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपालबाट रिजु भट्टराईले प्रतिनिधित्व गरेकी थिइन्।
सरादत्त र उनको टोलीको नेपाल बसाइ ५ दिनको हुनेछ। यस अवधिमा उनीहरूले काठमाडौंसहित आसपासका पर्यटकीय गन्तव्यको भ्रमण गर्नेछन्। साथै, औपचारिक भेटघाटका कार्यक्रमसँगै विद्यार्थीसँग अन्तरक्रिया गर्ने तालिका पनि तय गरिएको छ।

Related Articles

Check Also
Close
Back to top button