NEWS

पिरिम पर्या छन्को ट्रेलर यस्तो

सिनेमा संसार संवाददाता
काठमाडौं
आगामी साउन २५ गते रिलीज हुन लागेको सिनेमा पिरिम प¥या छन्को ट्रेलर शुक्रबार सार्वजनीक गरिएको छ। पुरन थापाको लेखन, निर्माण र निर्देशनमा बनेको सिनेमाको ट्रेलर शुक्रबार ओएसआर डिजिटलबाट सार्वजनीक गरिएको हो।
झण्डै साढे दुई मिनेट लामो ट्रेलरमा दीलिप रायमाझी, जयकिसन बस्नेत, शुभेच्छा थापा, सुवास मेचे, रमेश बुढाथोकी, सोभित बस्नेत, राजाराम पौडेल, चाँदनी कोइराला, उमा कार्की, लय संग्रौला, पुरन थापा, सुरवीर पण्डितलगायतका कलाकारले अभिनय गरेका छन। माता बसुन्धरा मुभीज र बन्धु फिल्म्स्को संयुक्त प्रस्तुति रहेको फिल्म गाउँले परिवेशको कथामा निर्माण गरिएको छ। फिल्ममा बिकास चौधरी र बिनोद भुजेलको संगीत, बाबु बलामीको द्वन्द, बिमल ढकालको छायांकन रहेको छ।

https://www.youtube.com/watch?v=K9r8GVad77A&feature=youtu.be

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button