CINEMANEWS

बिगुलमा नरेन खड्का

सिनेमा संसार
काठमाडौं
सामाजिक कथावस्तुमा आधारित सिनेमा बिगुल निर्माण घोषणा गरिएको छ।
सिनेमाका लागि अभिनेता नरेन खड्का मुख्य भूमिकामा अनुबन्ध भएका छन्। बिगुलको सांकेतिक अर्थ अन्यायविरुद्धको आवाज उठाउने बाजासँग जोडिन्छ, जसले सिनेमाको कथावस्तु झल्काउने संकेत गर्छ।
एक दर्जनभन्दा बढी सिनेमामा काम गरिसकेका खड्का पछिल्लो बाह्र गाउँमा देखिएका थिए। हमेशाबाट मुख्य अभिनेताका रूपमा डेब्यु गरेका नरेनले बुलाकीबाट सर्वाधिक चर्चामा पाएका थिए। बुलाकीबाट उनले विभिन्न फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड जितिसकेका छन्।

अन्यायविरुद्धको आवाज उठाउने कथावस्तु बोकेको बिगुलमा नरेनबाहेक अन्य कलाकारहरूको छनोट टुंगो लाग्न बाँकी छ।
सिनेमाको निर्देशन रमेश कोइरालाले गर्नेछन्। उनले यसअघि लीला र नीरमाया निर्देशन गरिसकेका छन्। मौनता श्रेष्ठको लेखन रहेको सिनेमामा कल्पना पौडेल प्रस्तुतकर्ता छिन्। एमजीपी ब्यानरमा निर्माण हुने सिनेमाको छायांकन नयाँ वर्ष २०८२ को बैशाख १ गते विशेष मुहूर्त गरी सुरु गरिने निर्माणपक्षले जनाएको छ.।

Related Articles

Check Also
Close
Back to top button