CINEMANEWS

छविको हलमा शुरुमै हिन्दी सिनेमा

सिनेमा संसार संवाददाता
ईटहरी
निर्माता तथा वितरक छवि ओझाले सुनसरीको ईटहरीमा सञ्चालनमा ल्याएको सिनेमा घरमा शुरुमै हिन्दी सिनेमा ल्याईएको छ।
एलाईट सिनेमा घरको नामबाट सञ्चालनमा ल्याईएको यो सिनेमाघर केहि दिन अघिदेखि मात्र औपचारिक सञ्चालनमा आएको हो। सिनेमा हलको ईटहरिका मेयर द्वारिकालाल चौधरीले रिबन काटेर शुभारम्भ गरेका थिए। यो सिनेमा घरमा २ थिएटर छन्। पहिलो हलमा २ सय ८ जनाको सिट क्षमता छ भने दोस्रो हलमा १ सय ४४ जनाको सिट क्षमता रहेको छ। सिनेमा हलको शुभारम्भ कार्यक्रममा छविसँगै नायिका शिल्पा पोखरेल पनि पुगेकी थिइन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button