EVENTFASHIONNEWS

सन्ध्या सुपर प्लस साइज मोडल

सिनेमा संसार संवाददाता
काठमाडौं
दोस्रो संस्करणको सुपर प्लस साइज मोडल नेपाल २०१९ को उपाधि सन्ध्या केसीले जितेकी छन्। उनले उपाधि जितेवापत शीर्ष ताजसँगै ५० हजार रुपैंयाँ र विभिन्न उपहारसहित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता टप अफ द वल्र्ड प्लस साइज २०१९ मा सहभागिताको अवसर पाएकी छन्।
राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा नेहा गिरी फस्ट रनर्सअप भई ३० हजार रुपैंयाँसँगै वल्र्ड टप प्लस साइज २०१९ मा सहभागिताको अवसर पाउने भएकी छिन् भने आशा चौधरीले सेकेन्ड रनर्सअप भई २० हजार रुपैयाँ पाइन्। ओमानियाको प्रस्तुतीमा शारीरिक वजन बढी भएका महिलाको लागि मोडल संग्स नेपालले आयोजना गरेको प्रतियोगितामा नेपाल महिला च्याम्बरकी अध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ प्रमुख अतिथि थिइन्। प्रतियोगितामा गायक सिताराम पोखरेल, अभिनेत्री सुष्मा कार्की, नायक तथा कोरियोग्राफर गजित बिष्ट, सौन्दर्य व्यवसायी रेखा मोदी मित्रुका, निर्देशक योगेश घिमिरे र समाजसेवी तथा महिला व्यवसायी शर्मिला सुब्बा निर्णायक थिए।
आयोजक संस्थाकी प्रियंका बोथ्राले मोटोपनका कारण निराश भई बसेका महिलाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता अभिवृद्दि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताइन्। प्रतियोगीहरूलाई सपना राई र आरती प्रधानले एक महिनासम्म शारीरिक फिटनेस, फोटो सेसन र व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण दिएका थिए। संस्थाका प्रबन्ध निर्देशक डेभिलसिंह राजपुतले अधिकांश सौन्दर्य प्रतियोगिताले अविवाहित र पातलो शारीरिक बनावट भएकालाई मात्र स्थान दिँदै आएकोमा शारीरिक रूपमा मोटा र विवाहित महिलालाई आफुहरूले स्थान दिएको बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button