MUSICNEWS

रबिल श्रेष्ठको सवारी म्युजिक भिडियोमा

सिनेमा संसार संवाददाता
धरान

धरानको प्रतिभा रबिल श्रेष्ठले आफ्नो नयाँ गीत सवारी म्युजिक भिडियो सहित रिलिज गरेका छन्।
यसअघि आफ्नै लागि बोलको गीत ल्याएका रविलको सवरी दोस्रो स्टुडियो रेकर्डेड गीत हो। गायक रबिल
श्रेष्ठको शब्द- संगीत रहेको गीतको संगीत संयोजन अहिलेका लोकप्रिय संगीत संयोजक रोहित शाक्यले गरेका
छन्।
धरानका बिभिन्न सांगीतिक कार्यक्रमहरु तथा रेस्टुरेन्ट/क्लबहरुमा आफ्नो सांगीतिक प्रस्तुतिले सबैको मन
जितेका रबिल हाल अस्ट्रेलियामा बसोबास गर्छन। अस्ट्रेलियामा बसेपनि गीतसंगीत प्रतिको मोहले उनलाई
छाडेको छैन। अस्ट्रेलियामा आयोजना हुने बिभिन्न नेपाली कन्सर्टहरुमा उनको प्रस्तुति रहेको हुन्छ। भबिष्यमा
संगीत क्षेत्रमा आफ्नो केही गर्ने चाहना राखेका रबिल श्रेष्ठको यस गीतले उनलाई एक प्रतिभावान गायकको
रुपमा उभ्याएको छ।
अस्ट्रेलियामा नै छायांकन गरिएको उनको गीत सवारीमा उनीसंगै एरिका महर्जनको अभिनय देख्न सकिनेछ भने
म्युजिक भिडियोको छायांकन निशोन शाक्य र निर्देशन सचिन कार्कीको रहेको छ। म्युजिक भिडियो रबिलकै
अफिसियल युट्युब च्यानल मार्फत रिलिज गरियेको छ।

Related Articles

Check Also
Close
Back to top button