EVENTFASHION

फेसन नोभा २०१८

सिनेमा संसार संवाददाता
काठमाडौं
द क्रिएसन इन्स्टिच्यूट अफ फेसन डिजाइनले अन्नपूर्ण होटलमा फेसन नोभा २०१८ : सिजन ७ आयोजना गरेको छ।
फेसन शोमा डिजाइनरहरु निश सिंह, मेनुका भट्टराई, जिबा श्रेष्ठ, संगीता पण्डित, ज्योती अग्रवाल, बिना थापा, शर्मिला न्यौपाने, जुमना नेपाली, निर्मादा स्याङतान तथा सजिना विष्टले तयार पारेका पहिरनहरु प्रदर्शन गरियो।
डिजाइनरहरुले फेसन शोका लागि विभिन्न ७ थिममा विशेष डिजाइन तयार पारेका थिए। जसअन्तर्गत ब्ल्याक टु ब्ल्याक, बार्बी गोज टु बजार, लभ्ली लेयर्स, समर अफ लभ, आर्टि्ष्टिक, ब्राइडल तथा कक्टेल वेयर सिक्वेन्समा विभिन्न पहिरन प्रदर्शन गरिएका थिए।
फेसन शोमा मोडल तथा अभिनेत्री रेनुका सिंह ठकुरी, अभिनेता पृथ्वीराज प्रसाईं, अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, अभिनेत्री रक्षा श्रेष्ठ, मोडल निलम चन्द तथा बाल कलाकार कुशाग्र भट्टराईले सिक्वेन्स स्टपर्सको रुपमा क्याटवाक गरेका थिए। उनीहरुलाई डेढ दर्जन व्यवसायिक मोडलले क्याटवाकमा साथ दिएका थिए। फेसन शोमा पहिलो मिस नेपाल रुवी राणा शाह शो–स्टपर्सको रुपमा प्रस्तुत भएकी थिइन्। जेनिफर बज्रँचार्यद्वारा संयोजन गरिएको फेसन शोलाई मोडल तथा कोरियोग्राफर विपना थापाले कोरियोग्राफी गरेकी हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button