EVENTFASHION

सबै सहभागीलाई पूर्ण छात्रबृत्ती दिँदै मिष्टर एण्ड मिस नेपाल एसइइ आइकन २०१८ सम्पन्न

सिनेमा संसार संवाददाता
काठमाडौं
एएनपी मिडिया हाउसद्वारा एसइई दिएर बसेका किशोर किशोरीका बिच राजधानीमा आयोजित मिष्टर एण्ड मिस नेपाल एसइइ आइकन २०१८ प्रतियोगितामा शैनिक आवाशिय महाविद्यालय, सल्लाघारी, भक्तपुरका उज्वलविक्रम शाही मिष्टर एसइइ २०१८ भएका छन्। ललितपुर भैसेपाटीका उज्वल मष्ट पपुलर, मिष्टर क्याटवाक र मष्ट डिर्जभिङ पनि भएका छन्।
त्यसै गरी शैनिक आवाशिय महाविद्यालयकै अस्मीना केसी मिस एसइई २०१८ भएकी छिन्। भक्तपुर दुवाकोटकी उनी मष्ट आइकनीक आइज पनि भएकी छिन्। विजेतका साथमा सहभागि सम्पूर्ण किशोर किशोरीलाई राजधानीका विभन्न प्लस टुु कलेजमा छात्रवृत्ति प्रदान गरिएको प्रतियोगितामा मिष्टर एसइइ २०१८ तर्पm एडन तुलाधर शाही फष्ट रनर्सअपका साथमा बेष्ट सिंगर र मिष्टर हन्डसम तथा श्रूयंक कंसाकार सेकेन्ड रनर्सअपका साथमा मष्ट फोटोजेनिक र फेसबुक च्वाइस भएका छन्। मिस एसइई २०१८ तर्पm नुपुर सरकार फष्ट रनर्सअपका सथामा बेष्ट स्पीच, सध्या बेञ्जु सेकेन्ड रनर्सअपका साथमा मिस ट्यालेन्ट, तिसा पकवान थर्ड रनर्सअपका साथमा बेष्ट सिंगर, निभा श्रेष्ठ फोर्थ रनर्सअपका साथमा बेष्ट डिसिप्लेन र व्युटि विथ प्रपोज विजेता भएका छन्।
अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा भएको प्रतियोगितामा मिष्टर एसइइ २०१८ तर्पm सुसान्त श्रेष्ठ भ्युवर्स च्वाइस, उत्सव प्रजापती मष्ट ट्यालेन्ट र मष्ट एक्टीभ, अनिस खड्गी बेष्ट डिसिप्लेन, अनिल योङगाङ लिम्बु बेष्ट स्पीच, शिक्षन्तर गोले बेष्ट फिजिक, अनुकुल सुबेदी मष्ट फ्रेण्डली, सुलभ स्थापीत बेष्ट फिटनेश, नवल शाह सोसियल ओयलफेयर, प्रज्ववल खतिवडा युथ वीथ रेसपोन्सीविलिटी, दिपेश खनाल मष्ट इन्टेलीजन र राम श्रेष्ठ मष्ट पर्पेmक्ट भएका छन्।
त्यस्तै मिस एसइई २०१८ तर्पm श्रद्धा ढकाल मष्ट पपुलर, कामना काफ्ले ठकुरी फेसबुक च्वाईस र बेष्ट डान्सर, मोनिका पुडासैनी मीस क्याटवक, आयुष्का लेगे सोसलि रेष्पोन्सिविलिटी, शिला कार्की भ्यीवर्स च्वाइस र मष्ट पर्फेक्ट, प्रियंका भण्डारी बेस्ट स्माइल र फोटोजेनिक, समिक्षा थापा बेष्ट हेयर, निता राई बेष्ट स्कीन, प्रज्ञा खतिवडा बेष्ट पर्सनालिटी र मिस व्युटीफुल, मनिषा बस्नेत बेष्ट फिजिक, जमुना सिलवाल मष्ट फिटनेश, इलिसा लामा मष्ट फ्रेण्डली, निलिसा श्रेष्ठ मिस कन्जिनियालीटी, बिनिता खत्री मष्ट चार्मिङ र मेनेजमेन्ट च्वाइस, रेजिना महर्जन फेसन आइकन र व्युटी वीथ ब्रेन, नुमा लिम्बु मष्ट एक्टीभ र मेनेजमेन्ट च्वाइस, गायत्री बस्नेत सोसियल वेलफेयर एमबेसडर, सन्चीता लामा मष्ट पोजिटीभ एडिच्युट, दिक्षा केसी युथ वीथ रेसपोन्सीविलिटी, सुष्मा तामाङ मष्ट पंचुअल, सनिया तामाङ मष्ट त्रियटिभ, सुनिधी घर्ती क्षेत्री मेनेजमेन्ट च्वाइस, सोनिया लामा मिस बव्ली फेस, बिनिसा कटुवाल मष्ट गर्जियस, विविना श्रेष्ठ मष्ट ग्ल्यामरस, जस्मीन नयाभा मष्ट डिर्जभिङ, अनिसा भुजेल श्रेष्ठ मष्ट डायनामिक, पुजा थापा मगर मष्ट इन्टुलेक्चल र विनिता खत्री मेनेजमेन्ट च्वाइस भएका छन्।
गत वषको मिसेस नेपालका आइकनका विजेता वर्षा कार्की, समाजसेवी तथा मिसेस नेपाल आइकन २०१५ का उपविजेता सुजता काफ्ले शाह, डा. पुनम कर्ण, अध्यापक सरोज प्याकुरेल, गायक सिताराम पोखरेल, आइडल मोडल स्कुलका प्रिन्सीपल बिराट क्षेत्री र ब्लुबर्ड कलेजका प्रिन्सीपल बिएस क्षेत्री निर्णायक रेको प्रतियोगिताको कार्यक्रममा जादुगर तथा हास्यकलकार बीच बीचमा महदेव त्रीपाठीले कमेडि प्रस्तुत गरेका थिए भने बल्ली डान्स गुपले डान्स प्रस्तुत गरेको थियो।

Related Articles

Check Also
Close
Back to top button