EVENTFASHION

स्वस्तिमा र प्रियंकादेखि नम्रतासम्म एउटै र्याम्पमा

सिनेमा संसार
काठमाडौं
अभिनेत्री स्वस्तिमा खड्का, प्रियंका कार्की, नीति शाह, सृष्टि श्रेष्ठ, आना शर्मा, नम्रता श्रेष्ठ, मिस नेपाल प्रतियोगीता प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पण जङ्ग कार्की, मोडल सविता कार्की, सोफिया भुजेल, आस्था पोखरेललगायतकासेलिब्रेटी एउटै ¥र्याम्पमा प्रस्तुत भएका छन्।
शुक्रबार साँझ आयोजित १४औँ संस्करणको आइइसी डिजाइनर रनवे नामक फेसन शोमा उनीहरु शो टपरको रुपमा विभिन्न आकर्षक पहिरनसहित र्याम्पमा प्रस्तुत भएका हुन्। शोमा ५० डिजाइनरले डिजाइन गरेका बिभिन्न पहिरनका आकर्षक डिजाइन सेलिब्रेटीहरुका साथै मोडलहरुले बिभिन्न १२ सिक्वेलमा प्रस्तुत गरेका थिए। शोमा भारतका कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको समेत सहभागिता रहेको थियो।

Related Articles

Back to top button