EVENTFASHION

मनिता पौडेललाई मिस टुरिजमको ताज

सिनेमा संसार संवाददाता
काठमाडौं
मिस टुरिजम २०१८ को उपाधि भक्तपुरकी मनिता पौडेलले जितेकी छन्। शनिवार भएको अन्तिम प्रतिस्पर्धाका १२ प्रतियोगीलाई उछिन्दै पौडेलले मिस टुरिजमको ताज चुमेकी हुन्। ताजसँगै उनले नगद ५० हजार जितिन्। पौडेलले मिस फोटेजेनिकको उपाधी समेत जितेकी छन्।
प्रमुख निर्णायक नेपाल वायुसेवा निगमका सञ्चालक निमानरु शेर्पाले सोधेको सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउन सरकारले गर्नुपर्ने प्रमुख ३ काम के–के हुन भन्ने प्रश्नको जवाफ दिँदै पौडलेले उपाधी जितेकी हुन्। प्रतियोगिताको फस्ट रनरको उपाधी प्रकृति ढकाल र श्रुती थापाले सेकेण्ड रनर अपाधी जित्दै ३० हजार र २० हजार प्राप्त गरे।
प्रतियोगितामा दिक्षा श्रेष्ठ मिस इन्टेलिजेन्ट, सुस्मा खनाल पब्लिक च्वाईस र मिस स्माईल, प्रकृति ढकाल मिस ट्यालेन्ट र मिस डिसिपिलेन, संगीता थापा मिस फिगर, सृजना घमिरे मिस फ्रेण्डसिप, श्रृति थापा मिस पर्सनालिटि, सगुन अधिकारी मिस वाल्क घोषित भए।
प्रतियोगिताका निर्णायकहरुमा नेपाल वायुसेवा निगमका सञ्चालक निमानरु शेर्पा, नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष सिएन पाण्डे, नेपाल योग एशोशियसनका अध्यक्ष मोहन लम्साल, नेपाल पर्यटन वोर्डका पूर्व सञ्चालक राजेन्द्र सापकोटा, युवा पर्यटन व्यवसायि तथा लेखक राजन सिंम्खडा, ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का पूर्व महासचिव सागर पाण्डे, गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपालका निवर्तमान अध्यक्ष कमल सापकोटा, टानका वरिष्ठ उपाध्यक्ष खुम बहादुर सुवेदी, नेपाल पर्वतारोहण संघका महासचिव कुल बहादुर गुरुङ र मिस नेपाल २०१५ ईभाना मानन्धर निर्णायक रहेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button