EVENT

नाईं नभन्नू ल ५ मा दिलको कुरा

सिनेमा संसार संवाददाता
काठमाडौं
आगामी भदौ ८ मा प्रदर्शन हुने सिनेमा नाईं नभन्नू ल ५ को ट्रेलर सार्वजनिक भएको छ। सोमबार क्युज सिनेमा हलमा कार्यक्रम गर्दै सिनेमाकोे ट्रेलर सार्वजनिक गरिएको हो। सदा झैं फिल्मको केन्द्रमा बालबालिका रहेका छन्। ट्रेलरमा अनुभव रेग्मी र यही सिनेमाबाट डेब्यु गरेकी सेड्रिना शर्माले ज्यादा स्थान पाएका छन्।
अनुभव रेग्मी, इमोसनल स्टोरी अनि मीठो संगीत यो शृंखलाका विशेषता रहँदै आएका छन्। निर्देशक विकास आचार्यले पाँचौ शृंखला पनि यिनै विशेषताका साथ आएको बताए। ‘मीठा संगीत र इमोसनल स्टोरी त छ नै, यो शृंखला कथा वाचन र प्राविधिक हिसाबले थप अब्बल बनेको हाम्रो विश्वास छ,’ आचार्यले भने। सिनेमाको दोस्रो भागदेखि सहभागी हुँदै आएकी प्रियंका कार्कीले फिल्ममा छोटो भूमिका भए पनि महत्वपूर्ण रहेको बताइन्। ‘यसको दोस्रो शृंखलादेखि सहभागी हुँदै आएकी छु। भूमिकाभन्दा पनि सिरिजको यात्रामा भाग लिन फिल्म खेलेकी हुँ’ कार्कीले भनिन्‘ हरेक शृंखलासँगै हामी ठूलो हुँदै आएका छौं। कथा र प्रस्तुतिमा पनि व्यपाक भिन्नता छ।’
निर्देशक विकास आचार्यले हरेक शृंखलाबाट कोही न कोही कलाकारलाई मौका दिँदै आएका छन । यो पटक पनि सिनेमाबाट अभिषेक नेपाल र सेड्रिना शर्माले रजतपटको यात्रा थाल्दैछन्। सिनेमाले यसपाली इलाम र झापालाई कथाको पृष्ठभूमि बनाएको छ। सिनेमामा इलाम र झापाका रमाइलो लोकेसन देख्न सकिन्छ पुरुषोत्तम प्रधानको छायांकन रहेको सिनेमामा दिलिप रायमाझी, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्वी तामाङ, उत्तम केसी आदि कलाकारको अभिनय रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button