![](https://cinemasansar.com/wp-content/uploads/2020/09/SELO_THEATRE_FEST_2075_01160618IMG_5206-780x470.jpg)
सिनेमा संसार संवाददाता
काठमाडौं
सयौं बर्षअघि तिब्बतमा नुन लिन जाँदा तामाङ र तिब्बतीबिच भएको युद्ध समेटिएको लोकनाटक ताचेमा र बुद्धचित्त मालाको बोटलाई संस्कृति र परम्परागत ज्ञानको प्रतीकको रुपमा उभ्याइएको कविता नाटक ङाला फ्रेङबा धोङला टाले सेलो नाट्य महोत्सव–२०७५ को दोस्रो दिनको माहौल तताए। तामाङ मौलिक खाना, पुस्तक प्रदर्शनी र ताम्बा नाचसहित राजधानीको शिल्पी थिएटरमा जारी महोत्सवमा आइतबार दुई नाटक मञ्चन गरिएको हो।
गोपाल फ्युबाले संयोजन गरेको ताचेमा धादिङ जिल्लाको प्रचलित लोकनाटक मानिन्छ। रातो बस्त्रधारी तिब्बती सेना र सेतो ब्रस्त्रधारी तामाङ सेनाबिच भएको युुद्ध, त्यसपछि अन्तिममा मिलेमतो भएर सगुन राखेको सन्दर्भ नाटकमा छन्। दुबै पक्ष मिलेपछि नुनस“ग अन्न साटेर तामाङहरु तिब्बतबाट फर्किन्छन् ।
ल्हाप्साङकर्पो म्युजिक सेन्टरको प्रस्तुति रहेको नाटकमा रोशन फ्युबा, मनोज लोप्चन सिंग बहादुर तबमाङ प्रकाश तामाङ सन्देश तामाङ सुभ सन्तोश तामाङ बिकल तामाङ मुस्कान तामाङ डिम्पल तामाङ रेशा तामाङ र बिनिता तामाङले अभिनय गरेका थिए।
त्यस्तै कविता नाटक ङाला फ्रेङबा धोङला टाले भने पितृप्रतिको सम्मान, समर्पण र उनीहरुको मुल्यबोधको सौन्दर्य प्रस्तुत गरिएको थियो । बसन्त चौधरीको नेपाली कविता मेरो बोधिबृक्षको तामाङ रुपान्तरणलाई शान्ति वाइवाले नाटकको रुपमा निर्देशन गरेकी हुन्। बुद्धचित्त मालाको रुखलाई पुर्खा, संस्कृति र परम्परागत ज्ञानको प्रतीकको रुपमा प्रस्तुत गरिएको नाटकमा चारैतिर छरिएर गएका सन्तानहरु अन्त्यमा आफ्नो बुबा–आमा (संस्कृति) सम्झेर फर्किन्छन्। नाटकमा शान्तिस“गै सोनाम लामा, निशा पाख्रिन र सन्तोष तामाङले अभिनय गरेका थिए। नाटक निर्देशकहरुलाई प्रमुख अतिथि काठमाडौं महानगर पालिकाका मेयर विद्यासुन्दर शाक्यले मायाको चिनो प्रदान गरेका थिए ।
‘पुरापुर्व कालदेखि तामाङहरु उपत्यका आसपास छरिएर रहेको पाइन्छ’ उनले भने, ‘तर, अहिले आधुनिकताका कारण विस्तारै परिस्थिति बदलि“दैछ। जे जस्तो भएपनि आफ्नो मौलिक संस्कृति जोगाइ रँख्नुपर्छ। त्यस दृष्टिले यस्तो महोत्सव निकै अर्थपुर्ण हुनसक्छ ।’ नाटक मञ्चन अघि तामाङ रंगमञ्चको अवस्थाबारे भाषाविद अमृत योन्जनले कार्यपत्र पेश गरेका थिए। उनले तामाङहरु लोकनाटकमा धनी भएपनि आधुनिक रंगमञ्चमा बल्ल पाइला चाल्न थालेको बताए। महोत्सवको कार्यपत्र सेसनमा समाजशास्त्रि डा. मुक्तसिंह तामाङ, नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तलगायतले रंगमंचको चर्चा गरेका थिए।
महोत्सव गत शनिबारबाट शुरु भएको थियो। जंगबहादुरलाई जारले काटेको मिथमा आधारित नाटक सोनाम ग्याल्मोको मञ्चनसँगै महेत्सव शुरु भएको थियो।
सोनाम ग्याल्मोले जंगबहादुरलाई जारले काटेको तामाङ मिथलाई अहिलेको जीवनस“ग जोडेर प्रस्तुत गरेको थियो। पत्रकार तथा फिल्म निर्देशक फूलमान वलको लेखन र सोनाम लामा मोक्तानको निर्देशन रहेको नाटक तामाङ सुमदायको विवाहबाट शुरु भएको थियो। विवाहमा बेहुला र बेहुली राखेर चारदाम (वैवाहिक जीवनको कसम खुवाउने विधि) गर्दै गर्दा नाटक फ्लासब्याकमा जान्छ। त्यसपछि सर्लाही पत्थरघट्टा आसपासको पुरानो तामाङ समाज र जीवनको उत्तरार्थमा त्यही ठाउ“मा शिकार खेल्न गएका जंगबहादुरबिचको संघर्षले नाटकलाई गति प्रदान ग¥यो। मुख्य पात्र थिए भर्खरै विवाह भएको सोनाम र ग्याल्मो। ग्याल्मोलाई जंगबहादुरले मन पराएर हरण गरेपछिको पीडादायी सन्दर्भ र उनैले बनाएको जार काट्ने कानुन टेकेर आइपुग्ने सोनामबिचको उतार–चढाव नाटकमा लोभलाग्दोरुपमा प्रस्तुत गरियो।
![](https://cinemasansar.com/wp-content/uploads/2018/06/SELO_THEATRE_FEST_2075170618IMG_5304.jpg)
जंगबहादुर कसरी मरे? त्यो भने नाटकले रहस्यमै छाडिएको थियो। तामाङ संस्कृति, परम्परा र जीवनशैली उनिएको नाटकमा सोनाम लामा, शान्ति वाइबा, फुलकुमार बम्जन, सुसन लामा, चाूदनी लामा, निकिता वाइबा, निशा पाख्रिन, मात्रिका घिमिरे, मनोज तामाङ, सन्तोष तामाङ (बोन्बो), सन्जीव राई, देविन चौधरी, विजय टुबा, सुनिल तामाङ, साजन लामा लगायतले अभिनय गरेका थिए।
महोत्सवको शुभारम्भ गर्दै पुर्व संस्कृति तथा पर्यटनमन्त्री आनन्द पोखरेलले काठमाडौं उपत्यका वरिपरि बसोबास गर्ने तामाङ समुदायको जीवन र संस्कृतिका आयामलाई महोत्सवले थप फराकिलो बनाउने चर्चा गरे। महोत्सवका अतिथिहरुलाई डम्फुरे र ताम्बा (संस्कृतिविद) हरुले गीत गाउ“दै थिएटर भित्र्याएका थिए। आगन्तुकलाई ग्रामीण तामाङ परम्पराअनुसार टोटलाको फूलको टिका लगाएर स्वागत गरिएको थियो। कार्यक्रस्थल शिल्पी थिएटर परिसर पुरै तामाङ मौलिकतासहित दज्र्युले सजाइएको थियो। जहा“ मौलिक तामाङ खानेकुरा गेङ, आलुम, खाप्से, फापर गेङ, गन्डु थोङसे, आईराक (तीन पाने रक्सी) लगायत चखाइएको थियो भने पुस्तक र मौलिक भेषभुषाको स्टल रमाइलो देखिएको थियो। धेरैजसो मानिस आइराक ताङ (परम्परागत रुपमा रक्सी पार्ने भा“डो) छेउ सेल्फी खिचेर रमाएका थिए।