CINEMAEVENT

दिवस र सभ्यताको रोमान्स बाहिरीयो

सिनेमा संसार संवाददाता
काठमाडौं
यो माया कस्तो माया नामक सिनेमाको रोमान्टिक गीत सार्वजनिक गरिएको छ। एसकेएन सिनेमा प्रालिको ब्यानरमा निर्मित यो माया कस्तो मायाको राजधानीमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो।
गस्तमा यसका मुख्य कलाकार दिवस धिताल र सभ्यता गिरीलाई फिचर गरिएको छ। गीत फिरोज बस्नेत र अन्जु पन्तले गाएका छन्। कलेज उमेरमा हुने प्रेमी र प्रेमिकाबीचको मायादेखि लिएर अहिलेसम्म कसैले परिभाषित गर्न नसकेको मायाको परिभाषाको खोजी गरिएको भनिएको सिनेमाका प्रस्तुतकर्ता किसान पोख्रेल हुन्।
भुषण आनन्द ठकुरीको निर्देशनमा बनेको सिनेमाको कथा ठकुरीले नै लेखेका छन्। सिनेमामा अर्जुन पोख्रेलको संगीत, शंकर महर्जनको द्वन्द, कबिराज गहतराज, रामजी लामिछाने, बिक्रम लामा, र एन्जिला खत्रीको कोरियोग्राफी, अर्जुन बिशीको सम्पादन तथा दिब्य सुबेदीको छायाँकन रहेको छ।
प्रेम एकजनासँग हुन्छ र बिवाह अर्कोसँग हुन्छ, प्रेम भएकोसँग विवाह हुँदैन र विवाह भएकोसँग प्रेम हुँदैन भन्ने बिषयमा बनेको सिनेमा काठमाडौं, दोलखा, तथा दार्जलिङलगायतका स्थानमा छायाँकन गरिएको छ।

सिनेमामा दिवस धिताल, सभ्यता गिरी, ऋतु पौडेल, युबराज केशरी, सुन्दर श्रेष्ठ, लय संग्रौला, सुमित डङ्गोल, तारा केसी , तुलसा शर्मा, शंकर महर्जन, सुर्यमान गुरुङ, महेश दाहाल, रोशन दाहाल, किरण राई, दिपेन बस्नेत, बिकास पोख्रेल, नितु कोइरालालगायतको अभिनय रहेको छ। भिडियो हेर्नुहोस:

https://www.youtube.com/watch?v=4nvwi-0okWw

Related Articles

Check Also
Close
Back to top button