EVENTFASHIONNEWS

रूपा अधिकारी मिस र उर्मिला पन्त भण्डारी मिसेस व्युटिफुल

सिनेमा संसार संवाददाता
काठमाडौं
दक्ष इन्टरनेसनल प्रालिद्वारा राजधानीमा आयोजित अविवाहित र विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगितामा रूपा अधिकारी मिस ब्युटिफुल नेपाल २०२० र उर्मिला पन्त भण्डारी मिसेस व्युटिफुल नेपाल २०२० को विजेता भएका छन्।
अविवाहित युवतीहरूबीचको प्रतियोगितामा रूपा अधिकारीले बेस्ट स्माइल पनि भइन्। प्रतियोगितामा मेनुका श्रेष्ठ फस्ट र अस्मिता भट्ट सेकेन्ड रनर्सअप भए। अस्मिताले बेस्ट ट्यालेन्ट र मस्ट एक्टिभ भए भने सविशा गौतम थर्ड रनर्सअप भइन्। उनले मस्ट फोटोजेनिक फेस र वेष्ट हेयरको टाइटल पनि जितिन्।
प्रतियोगितामा शोभा रिजाल मस्ट आईकोनिक आईज र भ्युअर्स च्वाईस, सुस्मिता देव सोसल वेलफेयर एम्बेसडर,आविशा गौतम बेस्ट पर्सनालिटी, प्रबिना बानिया मस्ट क्रियटिभ, मेनुका श्रेष्ठ बेस्ट डान्स र फेशन आईकन, एरीका बाराकोटे बेस्ट ¥याम्प वाक, सविना राई मस्ट डिसिप्लेन्ड, सायरा सिलवाल मस्ट पंचुअल, यमुना आचार्य बेस्ट लिडरसिप, अस्मिता भट्ट फेसबुक च्वाइस, रोशनी पुन बेस्ट स्किन, निलम बानिया बेस्ट फिजिक, आरजु न्यौपाने युट्युव मस्ट भ्युज, एन्जिला सिह युथ विद रेस्पोन्सबिलिटी, सुजाता भट्टराई मस्ट पोजेटिभ एटिट्युड र मनिसा लाकन्दरी मिस कन्जिनियालिटी भए।
विवाहित महिलाहरूबीचको प्रतियोगितामा उर्मिला पन्त मिसेस व्युटिफुल नेपाल २०२० का साथमा मस्ट ट्यालेन्टेड र भ्युअर्स च्वाइस भइन्। मुना त्रिताल फस्ट रनर्सअप र बेस्ट पर्सनालिटि भइन् भने सेकेन्ड रनर्सअपको उपाधि चुमेकी सुनिला केसी कार्की बेस्ट डान्सरको टाइटल विजेतासमेत भइन्। मिस्मा खड्का थापा थर्ड रनर्सअप भइन्। उनले मस्ट फोटोजेनिक र युट्युव मस्ट भ्युजको टाइटल पनि जितिन्।
त्यसैगरी शारदा क्षेत्री बेस्ट ¥याम्प वाक, यशोदा खत्री मस्ट एक्टिभ र फेसबुक च्वाइस, दीक्षा थापा बेस्ट फिजिक, कल्पना लामाङदे बेस्ट हेयर, लक्ष्मी शाही बेस्ट स्पिच, पूजा दास बेस्ट स्किन, मिना खड्का बेस्ट फ्रेन्डली, एलिना कार्की मस्ट डिस्सिप्लेन्ड, भावना थापलिया देवकोटा बेस्ट स्माइल, प्रमिला प्रधानांग मस्ट पंचुअल, रुथ पौडेल बेस्ट लिडरसिप र बेस्ट सिंगर र यशोदा गड्तौला व्युटि विथ पर्पस भए।
प्रतियोगितामा अभिनेता सरोज खनाल प्रमुख निर्णायक रहेका थिए भने गायक आनन्द कार्की, अभिनेता रमेश उप्रेती, गायिका सिन्धु मल्ल, हास्य कलाकार तथा निर्देशक शिवहरि पौडेल, गायक डा. आभाष लाभ र गीतकार डा. डीआर उपाध्याय निर्णायक रहेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button