CINEMANEWS

निर्देशक समाजमा अध्यक्षसहित निर्विरोध कार्यसमित

सह सदस्यमा भने निर्वाचन

सिनेमा संसार संवाददाता
काठमाडौं
नेपाल चलचित्र निर्देशक समाजको शनिवार राजधानीमा सम्पन्न निर्वाचनले अध्यक्षमा जनकराज पराजुलीलगायत सदस्यसम्मका पदाधिकारी निर्विरोध निर्वाचित गरेको छ।
नव निर्वाचित कार्यसमितीका लागि उपाध्यक्षमा सुभाष गजुरेल र दीपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्ष समुन्द्र भट्ट, सहकोषाध्यक्ष राज बस्न्यात निर्वीरोध निर्वाचित भएका छन्।
त्यसै गरी कार्यसमिति सदस्यमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाईं, उत्सब केसी र अमृतमान महर्जन निर्विरोधन निर्वाचित भएका छन्। सह–सदस्यका लागि भने निर्वाचन भएको छ। निर्वाचनम सीमा गुरुङ्ग र रामकुमार श्रेष्ठ निर्वाचित भएका छन्। नव निर्वाचित कार्यसमितिको पहिलो बैठकले कमल एक्चै मगर र भीषण राईलाई सदस्य पदमा मनोनीत गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button