FASHIONNEWS

पुजाले जीतिन् मिस पूर्वाञ्चलको ताज

सिनेमा संसार संवाददाता
धरान
मिस पुर्वाञ्चल २०१८ को उपाधि झापा, भद्रपुरकी पुजा श्रेष्ठले जितेकी छिन्।
सिल्भर इन्टरटेन्मेन्टको आयोजनामा शनिबार राती धरान १५ स्थित होटल इजी राइडर्समा भएको फाइनल प्रतिष्पर्धामा मुख्य निर्णायक वरिष्ठ वातावरणविद् राजेन्द्र खनालले सोधेको ‘तपाईको विचारमा नेपाल अल्पविकसित देश हो कि अव्यवस्थित?’ भन्ने प्रश्नको जवाफमा पुजाले ‘हाम्रो देश अविकसित भन्दा पनि अव्यवस्थित हो। त्यसैले हामी युवाले देशलाई विकासको बाटोमा लैजान दिगो विकासको अवधारणा अवलम्बन गर्नुपर्छ। सँगसँगै हामीले आफुलाई पनि विश्वास गर्नुपर्छ’ भन्ने जवाफ दिँदै निर्णायकको मन जितेकी थिइन्।
निर्णायकहरुको नजरमा उत्कृष्ट ठहरिएकी पुजाले ताजसँगै यामाहा कम्पनीको स्कुटर, हङकङ भ्रमणको अवसरलगायतका पुरस्कार पाईन् भने युएन कलेजको छात्रवृत्ति समेत पाईन्। साथै उनी एक नम्बर प्रदेशको प्रमुख पर्यटकीयस्थल भेडेटारको पर्यटन सद्भावनादूत समेत बनिन्। प्रतियोगितामा १४ प्रतिष्पर्धीमध्ये धनकुटा, हिलेकी अनिला क्षेत्री फस्ट रनर्सअप भइन्। उनले नगद एक लाख पुरस्कार पाईन्। इटहरीकी तपस्या रणपहेलीले सेकेन्ड रनर्सअप बनेर नगद ५० हजार पाईन्।
प्रतियोगितामा फेस अफ डिभाईनसहित मिस फोटोजेनिक र मिस मल्टिमिडिया टाइटल आकृति आचार्यले जितिन्। वेष्टवाक र मिस ट्यालेन्ट सोनेता दाहाल, मिस पब्लिक च्वाईस र मिस इन्टिलेक्चुअल रुसाली केसी भइन् भने मिस कन्जेनियालिटी सलिना राजवंशी र मिस फिटनेस स्वस्टिका विसुंखे घोषित भए। उनीहरुले जनही १५ हजार पुरस्कार पाए।
प्रियारानी लामाको कोरियोग्राफी रहेको प्रतियोगीतामा मुन्धुम बुटिक एन्ड मेख्ली हाउसको ड्रेस डिजाइन र तरुना राईको मेकअप रहेको थियो। कार्यक्रममा मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडालाई आयोजकका तर्फबाट सौरभ श्रेष्ठले सम्मान गरेका थिए। कार्यक्रम मिस नेपाल वल्र्ड २०१० सदिक्षा श्रेष्ठले सञ्चालन गरेकी थिईन्। कार्यक्रममा गायिका विष्णु चेम्जोङ, गायक विनोद खम्बु, सुनयना श्रेष्ठले गीत गाएका थिए मनिता राईले नृत्य प्रस्तुत गरेकी थिईन्। कार्यक्रममा असहाय बालबालिकाका लागि भोजन वितरण गर्ने अभियान ह्यापी टमी रिजन टु स्माइल अभियान सञ्चालन गरिरहेका गगन श्रेष्ठलाई१५ हजार सहयोग प्रदान गरिएको थियो।

प्रतिष्पर्धामा मुख्य निर्णायक खनालसहित कवि सुदिप पाख्रिन, गायक डिल्लि फोम्बो, सफ्टि हाइजिनका सिईओ भुवन ढकाल, वरिष्ठ स्त्रि रोग विशेषज्ञ डा.रोहित रिजाल, मिस पूर्वाञ्चल २०१५ प्रियंका श्रेष्ठ, सिनेमा पटकथाकार सामिप्यराज तिमिल्सिना, गायिका तथा नायिका विष्णु चेम्जोङ, हिडन ट्रेजरका निर्देशक गिरेन्द्रमान राजवंशी, डिभाईन वाईनका ब्रान्डम्यानेजर सञ्जु शाक्य र मिस्टर नेपाल २०१८ निर्णायक रहेका थिए ।

Related Articles

Check Also
Close
Back to top button