EVENTMUSIC

पार्वती राईसहित किरांत कलाकार सम्मानित

सिनेमा संसार संवाददाता
ललितपुर
किरात राई सांस्कृतिक कलाकार संघले गायिका पार्वती राईसहितका किरता कलाकारलाई सम्मान गरेको छ।
संघले दर्जनौं पुर्वेली गीतमा स्वर भरेकी गायिका पार्वती राईलाई नगद ११ हजार १ सय ११ रुपियाँसहित संगीत सम्मानबाट सम्मान गरेको हो। उनलाई कार्यक्रमका प्रमुख अतिथी गायक जीतेन राई, कृषिविज्ञ मदन राईलगायतले राई संस्कृतिअनुसार नगदसहित कदरपत्र प्रदान गरे। त्यसैगरी गायक तथा संगीतकार विनोद खम्बुलाई यो वर्षको किरात प्रतिभा पुरस्कार प्रदान गरिएको छ। ३ सयभन्दा बढी गीतमा संगीत भरेका र सयभन्दा बढी गीतमा स्वर दिएका खम्बूलाई संघले १३औं स्थापना दिवसको अवसर पारेर नगद ११ हजार १ सय ११ रुपियाँसहित प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो।
ललितपुरस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रममा सिनेमाटोग्राफर युवराज राई (विरबहादुर) लाई सम्मान गरियो। युवराजलाई नगद १५ हजार रुपियाँसहित सम्मान प्रदान गरियो।

Related Articles

Check Also
Close
Back to top button