EVENTFASHION

सञ्चिता लुईंटेल र्याम्पमा

सिनेमा संसार
काठमाडौं
क्यान एजुकेशन फाण्डेशनको संरक्षणमा रहेका बालबालिको सहयोगार्थ रसलाइट मिडिया र जोजोलोप्पा कलेक्सनको आयोजनामा भदौं १ गते जोजोलोप्पा फेशन रनवे २०१८ भएको छ। यो फेशन शोमा नायिका सञ्चिता लुईटेल र मोडल तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर शो स्टपर्सको रुपमा प्रस्तुत भएका थिए भने १ दर्जन भन्दा बढि चर्चित मोडलहरु ¥याम्पमा निस्किएका थिए।
डिजाइनर प्रतिमा मर्हजनको डिजाइनमा मोडलहरु र्याम्प शोमा उत्रिएका थिए। शोमा गायिका रमिता भण्डारी, एन्जिला रेग्मी, प्रशन्ना पाण्डेका साथमा गायकहरु जोहेव मानन्धर, दाउथ राई, पुरन प्रधान, कपिल कस्पल श्रेष्ठ, अजय तुलाधरलगायतले आफ्नो प्रस्तुति दिएका थिए।
पूर्व सुचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले उद्घाटन गरेको कार्यक्रममा अन्य विभिन्न पेशा तथा व्यवसाय गरेको व्यक्तिहरुको उपस्थिती रहेको थियो। फेशन शो ललितपुरको इन्द्रणी ब्याक्वेटमा गायिका तथा मोडल रमिता भण्डारीको कोरियोग्राफीमा सम्पन्न भएको हो।
फेशन शोबाट उठेको रकम नेपालमा रहेका स्कुल जानबाट बञ्चित बालबालिकाहरुलाई खर्च गरिने क्यान एजुकेशन फाण्डेशनका अध्यक्ष रत्न राईले बताए। क्यान एजुकेशनले मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर सहयोग रकम संकलन गर्ने गरेको अध्यक्ष राईले जानकारी दिए। नेपालमा विद्यालय जान नपाएका र आर्थिक अवस्था कमजोर भएर अध्ययन छोड्ने अवस्थाका बालबालिकालाई सहयोग गर्दै आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button