EVENTNEWS

कामना अवार्डमा अनमोल र वेनिषाले मारे बाजी

सिनेमा संसार संवाददाता
काठमाडौं
सिने म्यागजीन कामनाको अयोजना र सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा शनिबार ललिपुरमा आयोजित लक्स कामना फिल्म अवार्डस् २०७५ भव्यतापूर्वक सम्पन्न भएको छ।

अवार्ड समारोहको शुरुमै हास्यव्यग्य कलामार्पmत योगदान पु¥याएको हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा पर्दापछाडिको कलाकारतर्पm संगीतकार शम्भ्ुजित बासकोटालाई कीर्तिमय दिर्घ योगदान सम्मानबाट सम्मान गरिएको थियो। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न समारोहमा मह जोडी र बासकोटालाई १÷१ लाख रुपियाँसहित सम्मान गरिँदा हलमा उपस्थित सबैलाले स्वतःस्पूmर्तरुपमा उठेर सम्मान गरेका थिए।
प्रतिस्पर्धात्मक २६ सहित कुल ३४ विधामा प्रदान गरिएको अवार्ड समारोहमा १० विधाको मनोनयनमा परेको चलचित्र लीलीबीलीले सर्वोत्कृष्ट चलचित्र, निर्देशक, नवअभिनेत्री, पाश्र्व संगीत र ध्वनि मिश्रण गरी सर्वाधिक ५ विधाको अवार्ड चुमेको छ। १३ विधाको मनोनयनमा परेको चलचित्र कृबाट अनमोल केसीले यस वर्षको सर्वोत्कृष्ट अभिनेता तथा ब्लाइन्ड रक्सबाट वेनिषा हमालले अभिनेत्रीको अवार्ड चुमिन। कृले ३ विधाको अवार्डलाई आप्mनो बनाएको छ। त्यसै गरी ९ विधाको मनोनयनमा परेको शत्रु गतेले पटकथा, संवाद र सहअभिनेता गरी ३ विधाको अवार्ड जितेको छ भने ५ विधाको मनोनयनमा परेको घामपानीले पनि ३ अवार्डलाई आप्mनो बनाएको छ। दिपेन्द्र लामा घामपानीबाट नव निर्देशकको अवार्ड विजेता बने। त्यस्तै १५ विधाको मनोनयनमा परेको छक्का पञ्जा २ बाट वर्षा राउत सर्वोत्कृष्ट सह अभिनेत्री ठहरिइन् भने ग्याङ््स्टार ब्लुजबाट आशिरमान देशरमज जोशी श्रेष्ठ नवअभिनेताको अवार्ड विजेता बने। ४ विधाको मनोनयनमा परेको चलचित्र दुई रुपियाबाट कविराज गहतराजले नृत्य निर्देशकको अवार्ड चुमे। विराजले कमना फिल्म अवार्डमा लगातार चौथो वर्ष अवार्ड जितेका हुन्।
यस पटक जुरी अवार्ड फिल्म भुईंमान्छेलाई प्रदान गरियो भने अभिनेताद्धय सुनिल थापा र रमेश बुढाथोकीलाई स्पेशल मेन्शन अवार्डबाट पुरस्कृत गरिएको छ। सिजी क्रिटिक्स अवार्ड फेशनतर्फ अनु श्रेष्ठ, संगीततर्फ कालीप्रसाद बास्कोटा र रगंमञ्चतर्फ विरेन्द्र हमाललाई प्रदान गरियो।
कार्यक्रममा मनोरञ्जक प्रस्तुति दमदार थियो। जसअन्र्तगतकीर्तिमय दिर्घ योगदान सम्मानबाट सम्मानितहरुको सम्मानमा पालैपालो विभिन्न कलाकारहरुले उनीहरु सम्बद्व गीत संगीत प्रत्यक्ष वाद्यवादनमा प्रस्तुत गरेका थिए। त्यस अवसरमा अग्रजप्रतिको सम्मान तथा अनुजप्रतिको माया र स्नेह प्रदर्शन गर्दै गायकगायिकाहरु क्रमशः यमन श्रेष्ठ, कृष्ण काप्mले, सुरेश लामा, निशान भट्टराई र निशा देशार, कमल किरण, मीना निरौला, रामचन्द्र काप्mले, आनन्द कार्की, बानिका प्रधान, सञ्जय तुम्रुक टीका प्रसाईंले सम्मानि स्रष्टाहरुप्रति समर्पित भव्य सांगितीक प्रस्तुति प्रस्तुत गरेका थिए। त्यसै गरी अभिनेता तथा रंगकर्मीद्वय सरोज खनाल र वीरेन्द्र हमालले मार्मिक प्रस्तुति प्रस्तुत गरेर सबैको मन जितेका थिए।

त्यसै गरी कोरियोग्राफर कविराज गहतराजको कोरियोग्राफीमा प्रथम नायिका भुवन चन्द थापादेखि पछिल्लो पुस्ताका लोकप्रिय नायकनायिका प्रदीप खड्का र जसिता गुरुङसम्मले विभिन्न कालखण्डका गीतमा नृत्य प्रस्तुत गरी सरप्र्राइज दिएका थिए। सो मेड्ले नृत्यमा भुवन चन्द थापा र चैत्यदेवी, भुवन केसी र झरना थापा, नीता ढुंगाना, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे र बुद्वी तामाङ, बेनिषा हमाल, आयुष्मान जोशी र प्रियंका कार्की तथा प्रदीप खड्का र जसिता गुरुङले मनमोहक नृत्य प्रस्तुत गरेका थिए।
नायकनायिका सरोज खनाल र गौरी मल्ल तथा प्रदीप खड्का र केकी अधिकारीको रोमाञ्चक कार्यक्रम प्रस्तुति समारोहको अर्को आकर्षक पक्ष बन्न पुगेको थियो।
लक्स कामना फिल्म अवार्डस् २०७५ का विजेताहरु
विधा                 विजयी                                          फिल्म
लिलिबिली        लिलिबीली                                     लिलिबीली
निर्देशक           मिलन चाम्स                                  लिलिबीली
अभिनेता          अनमोल केसी                                 कृ
अभिनेत्री           बेनीशा हमाल                                 ब्लाईन्ड रक्स
सहअभिनेता     शिवहरी पौडेल                                शत्रुगते
सहअभिनेत्री      वर्षा राउत                                      छक्कापञ्जा २
नव निर्देशक      दिपेन्द्र लामा                                  घामपानी
नवअभिनेता     आषिरमान देशराज जोशी श्रेष्ठ         ग्याङस्टर ब्लुज
नव अभिनेत्री     जसिता गुरुङ                                  लीलीबीली
हास्य कलाकार  राजाराम पौडेल                               म यस्तो गीत गाउँछु
खलपात्र रमेश    रञ्जन झा                                      संरक्षण
कथा                  दीपेन्द्र लामा                                   घामपानी
पटकथा             दीपकराज गिरी र प्रदीप भट्टराई     शत्रुगते
संवाद                हरीवशं आचार्य र प्रदीप भट्टराई      शत्रुगते
बालकलाकार     कुशाग्र भट्टराई                               पिजडा ब्याक अगेन
गीतकार            धिरेन्द्र प्रेमर्षी                                   सम्झनाको सारंगी (संरक्षण)
संगीतकार         अर्जुन पोखरेल                                 तिमी रोएको पल (ऐश्वर्य)
गायक               सुगम पोखरेल                                  तिमी रोएको पल (ऐश्वर्य)
गायिका            बानिका प्रधान                                   उड्यो मन ब्लाईन्ड रक्स
छायाँकार          पुरुषोतम प्रधान                                कृ
नृत्य निर्देशक   कविराज गहतराज                            कुटुमा कुटु (दुई रुपैयाँ)
द्धन्द निर्देशक   हिमाल केसी                                      संरक्षण
सम्पादन          सुरेन्द्र पौडेल                                      कृ
पाश्र्व संगीत     एलिष कार्की                                      लिलीबिली
ध्वनी मिश्रण   मुकेष शाह                                         लिलीबिली
श्रृगार              शंकर थापा                                         घामपानी
जुरी अवार्ड भुईमान्छे
स्पेशल मेनशन अवार्ड सुनिल थापा (शेरबहदाुर) र रमेश बुढाथोकी (भुईंमान्छे)
सिजी क्रिटिक्स अवार्ड फेशनतर्फ अनु श्रेष्ठ, संगीततर्फ कालीप्रसाद बास्कोटा र रगंमञ्चतर्फ वीरेन्द्र हमाल
लक्स स्टार अफ द इयर प्रियंका कार्की

Related Articles

Check Also
Close
Back to top button