BOLLYWOODFASHIONNEWS

नन्दिनीले चुमिन मिस ईण्डिया २०२३ को उपाधि

यस वर्षको मिस ईण्डियाको उपाधि राजस्थानकी नन्दिनी गुप्ताले चुमेकी छन्।मणिपुरमा आयोजित ५९ अँैं सस्करणको मिस ईण्डियाको ग्राण्ड फिनालेमा गुप्ताले फेमिना मिस ईण्डिया वल्र्ड २०२३ को उपाधि चुमेकी हुन्।उनलाई गत वषर््ँकी मिस ईण्डिया सिनी सेट्टिले ताज पहिरिदिएकी थिईन्। लाला लाजपत राय कलेजबाट व्यवसाय व्यवस्थापन विषयमा अध्ययन गरेकी १९ वर्षिया नन्दिनी मोडलिङमा रुचि राख्ने युवती हुन।
तीस राज्यका सहभागहरुले भाग लिएको समारोहमा दिल्लीकी श्रेया पुन्जा फस्ट रनरअप,मणिपुरकी स्ट्रेला थौला आअ‍ेजम लुवागं सेकेण्ड रनरअप घोषित भईन्।
समारोहमा अनन्या पाण्डे, भूमी पेडनेकर, कात्तिक आर्यन लगायतका बलिउड सेलिब्रेटीहरुको समेत सहभागीता रहेको थियो भने पूर्व मिस ईण्डिया सिनी सेट्टिदेखि शिवानी जाधवसम्मले आकर्षक पहिरनमा ¥याम्प वाक गरेका थिए।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button