EVENTFASHION

हिमालय ब्युटी पेजेण्ट २०१८ मा सुजाता विजयी

सिनेमा संसार संवाददाता
काठमाडौं
हिमालय ब्युटी पेजेण्ट २०१८ को उपाधि सुजाता देउजाले जितेकी छिन्। काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा हिमालय प्याजेण्टद्वारा आयोजित हिमालय ब्युटी पेजेण्ट २०१८ मा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै सुजाताले उपाधि जितेकी हुन्।
प्रतियोगितामा अन्जना ज्योति फष्ट रनरअप, बिमिता खत्री सेकेन्ड रनरअप, अनिशा घिसिङ थर्ड रनरअप बन्न सफल भए।
प्रतिस्पर्धि युवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकाससम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाइ अझ मजबुत बनाइ आत्माबललाई उजागर गराउने कार्य गरेको आयोजक सस्थाको अधक्ष्य अप्सना राइ बताउँछिन्।
हिमालय ब्युटी पेजेण्ट २०१८ को निर्णायकमा गायक आनन्द कार्की, अभिनेता प्रदीप खड्का, संचारकर्मी राजेन्द्र लुइटेल र सुर्य चन्द, टेकराज पाण्डे, लेक्चरर ज्योत्सना राजभण्डारी, गायिका बसन्ता प्रकृति, सर्ब प्रतिक श्रेष्ठ थिए। उक्त प्रतियोगिताको कोरियोग्राफि अन्जला नकर्मी श्रेष्ठले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन कोरियोग्राफर तथा उद्वघाोषक आश्विनी झाले गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button