CINEMAEVENT

अनुमती लिएरै नोट छापेको निर्माता वाग्लेको भनाई

सिनेमा संसार संवाददाता
काठमाडौं
निर्माता माधव वाग्लेले आफुले बनाएको सिनेमा चंगा चेटको कथाजस्तै सुटिङका लागि नक्कली नोट बनाउँदा जिन्दगी नै चंगा चेटसरह भएको बताएका छन्।
सोमबार राजधानीमा आयोजित चंगा चेटको गीत गोजीमा दाम छैनको सार्वजनिक कार्यक्रममा वाग्ललेले भने ‘रिल लाइफमा जस्तै मेरो जीवन पनि नक्कली नोटले चंगा चेट भयो। सरोकारवाला सबै संस्थाबाट इजाजत लिएरै नक्कली पैसा प्रयोग गरेको थिएँ। चलचित्र विकास बोर्डबाट पनि अनुमति लिएको थिएँ।’ उनले आफुलाई अपराधीका रुपमा चित्रण गरेर समाचार आउँदा दुःख लागेको बतताए। ‘अहिले न्यायालयमा मुद्धा चलिरहेको छ। त्यहाँबाट न्याय पाउनेमा आशावादी छु’ माधवले भने।


सिनेमाका निर्देशक दीपेन्द्र के खनालले चंगा चेट डार्क कमेडी फ्लेबरमा रहेको खुलाए। बुधबार सार्वजनिक गीतमा गीतमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, रविन्द्र झा, सन्दिप क्षेत्री र परमिता राणालाई फिचरिगरिएको छ। हरिहर तिमल्सिनाको शब्द र राजनराज शिवाकोटीको स्वर तथा संगीत रहेको गीतमा मेलिना राई र ग्रिष्मा शिवाकोटीले गायनमा साथ दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button