EVENTNEWS

बेल्जियमको मेलामा नेपालको कला

सिनेमा संसार संवाददाता
काठमाडौं
चन्द्र सुर्य अंकित नेपालको राष्ट्रिय झण्डाका साथमा दौरा सुरुवाल र ढाका टोपीका साथै गुन्यु चोलीमा सजिएर नेपाली कलाकारको टोली स्टेजमा जब उक्लिए, दशौ हजार दर्शकको तालिको गडगडाहटबाट सम्मान पाउँदा नेपाली हुनुमा गौरववान्वित महसुस गर्दछन्। यो दृश्य हालै बेल्जियममा सम्पन्न अन्तराष्ट्रिय लोक साँस्कृतिक मेला २०१८ को हो।
बेल्जियमको पर्यटकिय शहर नामुरमा अगस्ट १७ देखि २१ सम्म सम्पन्न भएको ५८औं अन्तराष्ट्रिय लोक महोत्सवमा एभरेष्ट नेपाल कल्चरल ग्रुपले गौरबमय प्रदर्शन गरी नेपाल फर्केको छ। बेल्जियममा आयोजित मेलाको सम्पूर्ण प्रचारप्रसार सामाग्रीमा नेपाली कलाकार र नेपाली मौलित्तालाई प्राथमिकताका साथ स्थान दिईएको थियो।
नेपालसहित बेल्जियम, जर्जिया, इटली, कोलम्बिया, इजिप्ट र केन्याको साँस्कृतिक समुहले भाग लिएको त्यस मेलामा नेपालको तर्फबाट एभरेष्ट नेपाल कल्चरल ग्रुपले भाग लिएको थियो। ग्रुपका प्रमुख रामचन्द्र कोइरालाले टोलिले मेला अबधिभर नेपालको परम्परागत लोक सस्कृति झल्काउने प्रस्तुती प्रस्तुत गरेको बताए।
मेलामा ग्रुपले झ्याऊरे, तमाङ, झोडा, सतार, शेब्रु, धिमाल, यती, सोरठीका साथै दर्जनौं नृत्य प्रदर्शन गरेको थियो। मेलामा सीतल आचार्य, मिराज कोइराला, नृत्यतर्फ रुपिन डंगोल, भवानी कोइराला, उदिराम खड्का, राजु गिरी, प्रमिल रिजाल, अनिता अधिकारी, गौरी ढकाल कोइराला, सुमित्र तमाङ तथा बाद्यबादन र गायनतर्फ बाँसुरीबादक रामबहादुर भुजेल, वाद्यवादक धनेश्वर तिवारी, लोकगायक चन्द्र शर्मा, गायिका रीता बुढाथोकी भुजेल, गायक अर्जुन सुनाम सहभागी भएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button