CINEMANEWS

दिपेन्द्र खनाल अर्पणलाई लिएर घर बनाउँदै

सिनेमा संसार संवाददाता
काठमाडौं
निर्देशक दिपेन्द्र खनालले हरर कथामा घर नामक सिनेमा निर्माण गर्ने भएका छन्। बिहीबार राजधानीमा आयोजित एक समारोहबिच घर निर्माणको घोषणा गरिएको हो। पूर्णतया हरर कथामा निर्माण हुने सिनेमा छायांकन माघमा सुरु गरिने भएको छ।
सिनेमा डीएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेका साथमा दिपेन्द्र के खनालले निर्माण गर्न लागेका हुन्। शर्मिलाले लभ लभ लभ र चंगाचेटमा लगानी गरेकी थिइन्। यसमा सन्तोष अधिकारीको सह–लगानी रहने । निर्मात्री पाण्डेले डीएस डिजिटलले प्राविधिक उपकरण र वितरणको साथमा सिनेमा पनि निर्माण गर्ने बताइन्। बर्षमा एउटा सिनेमा निर्माण गर्ने योजना रहेको उनले बताइन्। सिनेमा अर्पण थापाले निर्देशन गर्दैछन्। निर्देशक थापाले भने–‘यो सिनेमाले दर्शकलाई पूर्ण रुपमा तर्साउनेछ।’ सिनेमाका लागि २ नायिकाको खोजी भैरहेको निर्माणपक्षले जनाएको छ। कार्यक्रममा बोल्दै डीएस इन्टरटेन्मेन्टका एक सदस्य दीपेन्द्र के खनालले कथावस्तु राम्रो रहेकाले पनि लगानी गर्न लागेको बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button