MUSICNEWS

माया बराबरमा लक्ष्मी र जीवनको रियल प्रेम

सिनेमा संसार
काठमाडौं
भूषण खतिवडा र शान्तिश्री परियारको स्वरमा नयाँ गीत माया बराबर सार्वजनिक गरिएको छ।
फिन्जु पाख्रिनका प्रेमिल शब्दमा गायक भूषण खतिवडाकै संगीत रहेको छ। नेपमेलो नामको युट्युब च्यानलमा सार्वजनिक गीतको भिडियो पनि उतिकै प्रेमिल प्रस्तुतिका साथ तयार गरिएको छ। भिडियोमा रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको सफल प्रेम यात्रालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ।
लक्ष्मी र जीवनसँगै सागर दाहाल, विशाल पहारीको अभिनय रहेको भिडियोमा हेमन्त कान्छा रसाइलीको सारङ्गी, रत्न विकेको बाँसुरी, सञ्जीव बराइलीको गितार र श्यामस्वेत रसाइलीको मिक्सिङ तथा मास्टरिङ रहेको छ। गीतको भिडियो कलाकारद्वय लक्ष्मी र जीवनले नै निर्देशन गरेका छन्।

Related Articles

Check Also
Close
Back to top button