CINEMANEWS

साउथ सिनेमाको शैलीमा प्रेमनाथको ट्रेलर

सिनेमा संसार संवाददाता
काठमाडौं
प्रेमकथामा बनेको सिनेमा प्रेमनाथको ट्रेलर तथा फष्टलुक सार्वजनिक गरिएको छ। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा फिल्मको ट्रेलर तथा फष्टलुक सार्वजनिक गरिएको हो।
फष्टलुक पोष्टरमा सिनेमाका पुरै कलाकारले स्थान पाएका छन्। करिब तीन मिनेटको ट्रेलरमा प्रेम, एक्सन र रोमान्सका दृश्यले प्रथामिकता पाएका छन्। ट्रेलर साउथ सिनेमाको झल्को दिने खालको छ।
२५सय बर्ष अगाडिको प्रेमकथा दाबी गरिएको सिनेमा कलाकार गणेश बेलवासेले निर्देशन गरेका छन् भने सुरवीर पण्डित, गजित बिष्ट, नवीन श्रेष्ठ, कमल गाउँले, गणेश बेल्वासे, मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पूजा रिजाल, सिर्जना राईलगायतले अभिनय गरेका छन्। आगामी २२ चैत्रबाट प्रदर्शनमा आउने सिनेमाबाट कृति गौतम र मोनालिशा विष्टले अभिनयमा डेब्यु गरेका छन । काठमाडौं, लुम्बिनी, रोल्पा, लखनउ, दाङलगायतका स्थानमा छायाँकन भएको सिनेमाका निर्माता गुहेश्वरी बेलबासे हुन्। कपिलप्रसाद दवा कार्यकारी निर्माता रहेको सिनेमामा सह–निर्माताको रुपमा बसन्तराज भट्ट र मिलन राई समेत रहेका छन्।
प्रेमनाथ अहिलेसम्म सिनेमामा प्रयोग भएका भन्दा फरक प्रेमकथामा निर्माण भएको निर्देशक बेल्वासेले दाबी गरे। उनले एक्सन र प्रेमकथाले भरिएको सिनेमा दर्शकको रुचिमा पर्ने दाबी पनि गरे। निर्माता गुहेश्वरी बेलवासेले सिनेमा निर्माणमा कुनै कम्प्रोाइज नगरेको बताइन्। कलाकार मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पूजा रिजाललगायतले सिनेमामा अभिनय र आफ्नो भुमिकाको बिषय प्रकास पारे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button