FASHIONNEWS

हेरिटेज पेजेन्टस्को तयारी

सिनेमा संसार संवाददाता
काठमाडौं
सौन्दर्य प्रतियोगितामार्फत् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभीन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रारम्भ भएको हेरिटेज पेजेन्टस्को २०१९ को संस्करणको तयारी अगाडि बढेको छ। यस प्रतियोगिताका सहभागी र विजेताको दायित्व कर्तत्य सम्बन्धित मुलकका साथै विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको छ। यस पटकको आयोजना सिंगापुरको अंकल रिंगो काइन्डनेस कार्निभलमा आगामी फेब्रुअरी १० देखि १७ सम्म हुने भएको छ। प्रतियोगिताको फाइनल प्रतिस्पर्धा फेब्रअरी १६ मा सम्पन्न हुनेछ।
यस पटकको हेरिटेज पेजेन्टस् २०१९ अन्तर्गत मिस हेरिटेज इन्टरनेसनल र मिसेस् हेरिटेज इन्टरनेसनल २०१९ को उपाधि लागि प्रतिस्पर्धा हुनेछ। विश्वका ३० मुलुकका चालीस प्रतिस्पर्धीहरु प्रतियोगितामा सहभागि हुनेछन्। इप्लानेट प्रालिको आयोजनामा आयोजनामा हुने प्रतियोगितामा सिंगापुर सरकार, सिंगापुर काइन्डनेस मुभमेन्ट, अंकल रिंगो काइन्डनेसन कार्निभल, सिंगापुर तथा मलेसियास्थित कलाइमनि केयर्सको सहकार्य रहने आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले जनाएका छन्। सिंगापुरका सुसान सान्फुर्मी कोहको संयोजनामा संचालन हुने यो प्रतियोगिताका लागि नेपालबाट संचारकर्मी एवं इन्टरनेसनल कोरियोग्राफर रोजिन शाक्य कोरियोग्राफर रहनेछन् भने बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजाको पनि प्रतियोगिताको कोरियोग्राफीमा सहकार्य रहनेछ।
ईप्लानेटले देश भित्र क्षेत्रिय एवं राष्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतियोगिताहरु सफलतापूर्वक आयोजना गर्दै आएको छ। जसमा लिटिल मिस नेपाल, मिस टिन इन्टरनेशनल नेपाल, मिस इन्टरनेसनल नेपाल र मिसेस् नेपाल प्रमुख रहेका छन्। एउटै मञ्चमा चार विभिन्न शीर्षकअन्तर्गतका प्रतियोगितात्मक कार्यक्रमको प्रस्तुतिदेखि मुलुकमै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्न सफल इप्लानेट नेपाल मिस नेपाल युएसए प्रतियोगिताको सह आयोजक समेत रहेको छ। इप्लानेट नेपालमार्फत् मिसेस युनिभर्स २०१३ र २०१४, मिसेसग्लोब २०१३ र २०१४, चिल्ड्रेन अफ द युनिभर्स २०१३, लिटिल मिस युनिभर्स २०१४, मिस इन्टरकन्टिनेन्टल २०१३, मिस टिन एसिया प्यासिफ २०१४ मा नेपालको तर्फबाट सफल प्रतिनिधित्व उपलब्धि हासिल गरेको छ। जसमा चिल्ड्रेन अफ द युनिभर्स २०१३ मा रोजा पाण्डे र लिटिल मिस युनिभर्स २०१४ मा दृष्टि दाहालले मुख्य उपाधि जित्न सफल भएका थिए। सौन्दर्य प्रतियोगिताको आयोजना र व्यवस्थापन बाहेक इप्लानेट नेपालले सांगीतिक कार्यक्रम, सभा सम्मेलन, प्रदशर्नी एवं कर्पोरेट इभेन्टहरुको सफल व्यवस्थापन गर्दै आएको छ।

Related Articles

Check Also
Close
Back to top button