CINEMANEWS

नालापानी युद्ध खिचिँदै

सिनेमा संसार संवाददाता
काठमाडौं
ऐतिहासिक दस्तावेजमा आधारित सिनेमा नालापानीको धमाधम सुटिङ भईरहेको छ। यो सिनेमाको यतीखेर चितवनको ऐतिहासिक क्षेत्र उपरदाङ गढीमा सुटिङ भईरहेको छ।
आगामी वर्ष २०७६ रिलीज हुने योजना बुनिएको सिनेमाको यो सुटिङस्थल तल्कालीन बाइसे÷चौविसे राज्य एकीकरणका बेला अंग्रेज फौजविरुद्वको युद्वका दौरानमा नेपाली भुमिको रक्षाका लागि सन् १८०० को शुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गराएको इतिहास छ।
गढीभित्र कोत घर, कालिका र सिद्धबाबाको प्रतिमा, इनारलगायतका संरचना छन् । चारैतिरबाट गहिरो नहरले घेरिएको यो किल्ला ढुंगाको ठूला टुक्रा, चुन र माटोले बनाइएको छ।
भिएफएक्सको अधिक प्रयोग हुने सिनेमाका सम्पूर्ण दृश्यका लागि सिनेमाको सम्पादन र भिएफएक्स टीम सँगै रहेर काम गरिरहेको निर्देशक रिमेश अधिकारीले बताए। हाल भारतमा अवस्थित देहरादुनको नालापानीमा सन् १८१४ मा नेपालले ब्रिटिश साम्राज्यविरुद्व नेपालले युद्व लडेको थियो। आफ्नो साम्राज्य विस्तार गर्दै भारतसम्म पुगेको तत्कालिन ब्रिटिश इष्ट इन्डिया कम्पनीले नेपालमा आफ्नो अधिपत्य कायम गर्न अघि बढेको समयमा त्यसलाई रोक्न नेपालले युद्व लडेको थियो।
नालापानीमा देव गुरुङ, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता बिष्ट, प्रनिश शाक्य, महाविर विश्वकर्मा, सुष्मा भट्टराई लगायतका कलाकारले अभिनय गरिरहेका छन्। पद्मा कुमारी फिल्मस प्रालि र गंगानारायण फिल्म्स् प्रालिको संयुक्त ब्यानरमा निर्मााणाधिन सिनेमामा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यको रहेको छ। ऐतिहासिक युद्वका विषयमा निर्माणाधिन सिनेमामा द्वन्छ निर्देशन रोशन श्रेष्ठले गरिरहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button