MUSICNEWS

कुटुम्ब व्याण्ड म्यागनममा

सिनेमा संसार संवाददाता
काठमाडौं
राजधानीको दरबारमार्गमा शुक्रवारदेखि ठूलो लगानीमा नयाँ लाउन्ज क्लब म्यागनम औपचारिक रुपमा सुरु हुदैछ। क्लबको उद्घाटनका अवसरमा लोकप्रिय ब्यान्ड कुटुम्ब गुन्जिने भएको छ।
लोक शास्त्रिय संगीतमा ख्याती कमाएको कुटुम्बले सय थरी बाजा, सान्नानी, असारे महिनामा, झम्के फुलीलगायत आफ्नो एल्बमका लोकप्रिय गीतहरु कार्यक्रममा प्रस्तुत गर्नेछ। लोपन्मुख वाद्यवादनको संरक्षणमा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको यो ब्यान्डले सदाझँै बासुरी, सारङ्गी, धीमे, ढोलकजस्ता बाजाहरुसहित आफ्नो प्रस्तुति दिनेछ। सहभागीलाई नचाउन डिजे निधान, डिजे निहान र डिजे अस्मी आउनेछिन्।
म्यागनम युवा व्यवसायी अनिशसिंह ठकुरी र मोडल भाष्कर देवले सँयुक्त लगानीमा खोलेका हुन्। क्लब १० करोडको लगानीमा खोलिएको संचालक ठकुरीले दाबी गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button