CINEMANEWS

हजार जुनीसम्म साउनमै

सिनेमा संसार संवाददाता
काठमाडौं
निर्देशक बिकासराज आचार्यको निर्देशनमा तयार सिनेमा हजार जुनीसम्मको पोस्टर सार्वजनिक भएको छ।
सार्वजनिक पोस्टरहरुमा सिनेमाका मुख्य कलाकारलाई समेटिएको छ। पोस्टरमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरि पौडेल, संचिता लुइँटेल, अनुभव रेग्मीसंगै डेब्यु ब्वाई अखिलेश प्रधान देखिएका छन्। पोस्टरले सिनेमा प्रेमकथामा आधारित रहेको सजिलै अनुमान लगाउन सकिन्छ। पोस्टर सार्वजनिकसँगै सिनेमा साउन अन्तिममै रिलिज हुने भएको छ। केहि समय अगाडी भाद्र ६ मा रिलिज हुने चर्चा चलेता पनि सिनेमा साउन ३० मै रिलिज हुनेछ । नाई नभन्नु ल सिरिजका निर्देशक विकासराज आचार्यको निर्देशन रहेको सिनेमाको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन्।
सिनेमामा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन । कविता रेग्मी सिनेमाकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन्।

Related Articles

Check Also
Close
Back to top button