MUSIC

मदनको मुग्लिङमा बलेदेखि जुनुसम्म

सिनेमा संसार
काठमाडौं
गायक मदन ढकालले नयाँ गीत मुग्लिङ सार्वजनिक गरेका छन्। मदन ढकाल र दीपिका बयम्बु मगरको स्वर रहेको उक्त गीतको भिडियो हालै सार्वजनिक गरिएको हो।
मुग्लिङ बोलको गीतमा शब्द गायक मदन ढकालकै रहेको छ भने संगीत घनश्याम खत्रीले दिएका हुन्। गीतको एरेन्ज आशिष अबिरलले गरेका छन्।
गीतको भिडियोमा चर्चित चार कलाकारको आकर्षक नृत्य र अभिनय देख्न सकिन्छ। मोडल सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), सुनिशा बजगाईं (सीता) र जुनु एसडीको दमदार प्रस्तुति भिडियोको मुख्य आकर्षण बनेको छ। गायक मदन ढकाल स्वयंले पनि भिडियोमा अभिनय गरेका छन्।
जेरी भण्डारीको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन सुजन कोइरालाले गरेका छन्। गीतको भिडियो बले इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button