MUSICSTAGE

अशोक दर्जीको पहिलो स्टेज कार्यक्रम

सिनेमा संसार संवाददाता
काठमाडौं, जेठ २४
मन बिनाको धन ठुलो कि धन बिनाको मन बोलको गीतबाट चर्चामा आएका  बाल गायक अशोक दर्जीले पहिलोपल्ट स्टेज कार्यक्रम गरेका छन्।  बुधबार राजधानीको लगनखेलस्थित आर्मि ग्राउण्डमा अशोक र गायक तथा संगीतकार टंक बुढाथोकीले लाइभ प्रस्तुति दिए, जहाँबाट सयौंको वाहि वाहि पाए।
दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उद्घाटन समारोहमा प्रस्तुतिका लागि अशोक र टंकलाई खेलकुद मन्त्री जगत विश्वकर्माले नियालिरहेका थिए। उनले सानै उमेरमा यतिठुलो कला भएको भन्दै प्रसंसा समेत गरेका थिए । साथै उनले प्रस्तुती दिइसकेपछि अशोक र टंकलाई मायाको चिनो दिँदै सम्मान गरे।
सातैं प्रदेशबाट आएका बिभिन्न बिद्यालयका खेलाडीहरुले अशोक जब गीत गाउँन थाले तब अशोक–अशोक भन्दै हुटिङ गरिरहेका थिए।
अहिले अशोकका लागी स्टेज कार्यक्रमहरु बढ्नेक्रममा छन् । उनी केहि दिनमा बिदेशका केहि देशहरुमा कार्यक्रमकै लागी जाँदैछन्।

Related Articles

Check Also
Close
Back to top button