MUSIC

सरुको गीतमा शिल्पालाई प्रस्ताव

सिनेमा संसार संवाददाता
काठमाडौं
गायिका सरु गौतमको नयाँ प्रेम गीत सार्वजनिक भएको छ। मेरो प्रेम प्रस्ताव बोलको रोमान्टिक नम्बर सार्वजनिक भएको हो। गीतमा ध्रुव बिस्कोको पुरुष स्वर छ।
कुमार कटुवालले लेखेको गीतमा दिपक शर्माले संगीत भरेका छन्। गीतको म्यूजिक एरेन्ज नरेन्द्र वियोगीले गरेका छन्। गीतको भिडियोमा नायक नायिका दीक्पालल कार्की र शिल्पा पोखरेल फिचर्ड छन्। भिडियोमा उनीहरुको लभ केमेस्ट्री सुहाउँदो लाग्छ। देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोलाई साहिल खानले सम्पादन र उत्सव दाहालले छायांकन गरेका छन्।
‘गीत र यसको भिडियो हामीले कुनै कम्प्रोमाइज नगरी बनाएका छौैँ,’ गायिका सरुले भनिन्, ‘प्रेम गर्नेहरुका लागि यो गीत हाम्रोतर्फबाट सुन्दर उपहार हो। सुन्दा झर्को नलाग्ला भन्ने आशा छ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button