MUSICNEWS

डाक्टर दम्पती सुरेश र रेहा रोमान्टिक अवतारमा

सिनेमा संसार
काठमाडौं
अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेलले सधैं साथमा तिम्रो बोलको गीतमा डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
रोमान्टिक शैलीको यस गीतमा सुरेश बस्नेतको एकल स्वर रहेको छ। गीत गोविन पुनको शब्द तथा संगीतमा तयार भएको हो भने संगीत संयोजन दिनेश श्रेष्ठले गरेका हुन्। दुई मुटु, एक यात्रा भन्ने अवधारणामा निर्माण गरिएको गीतको भिडियो अमेरिका, अष्ट्रेलिया र न्यूजिल्यान्डका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ। भिडियोमा सुरेश र रेहाले नै श्रीमान–श्रीमतीको भूमिकामा अभिनय गरेका छन्। उनीहरूको आफ्नै वास्तविक प्रेम कथामा आधारित भएर भिडियो निर्माण गरिएको निर्माण पक्षले जनाएको छ।
भिडियोको निर्देशन विक्रान्तमान श्रेष्ठ र क्रिस्टिना बसिस्टले गरेका हुन्। सम्पादन साहिल खानले गरेका छन् भने पटकथा प्रविण श्रेष्ठको रहेको छ। छायांकनतर्फ अष्ट्रेलियामा सौरभ मानन्धर, न्यूजिल्यान्डमा यूरिका फिल्म्स प्रा.लि. र अमेरिकामा पशुपति बस्याललगायतको टोलीले काम गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button