MUSICNEWS

सुशान्तको कन्सर्टमा बालेनलाई निम्तो

‘आशा छ कन्सर्टमा भेट्नेछु।’

सुशान्तको कन्सर्टमा बालेनलाई निम्तो
सिनेमा संसार
काठमाडौं
गायक सुशान्त केसीले आगामी शनिबार भक्तपुरको सल्लाघारीमा सुशान्त केसी लाइभ इन नेपाल नामक कन्सर्टमा यसैबीच, काठमाडौं महानगरका मेयर बालेनलाई निम्तो दिएका छन्।


सुशान्तले बालेनलाई निम्तो दिएको र उनी कन्सर्टमा सहभागि हुने आशा राखेको जानकारी गराएका छन्। गायक केसीले बालेनसँगको भेटबारे सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिँदै लेखेका छन्, ‘मेयर बालेन शाहसँग राम्रो कुराकानी भयो। र्यापदेखि जिम्मेवारीसम्म। वास्तवमै लिजेन्ड। काठमाडौं कसरी अझ जीवन्त र सुन्दर शहरमा विकसित हुँदैछ भनेर प्रशंसा गर्न पाउँदा सम्मानित महसुस भयो। आशा छ कन्सर्टमा भेट्नेछु।’
साँढै दुई वर्षपछि हुने कन्सर्टको लागि सुशान्त यतिबेला तयारीमा जुटेका छन्। १५ हजारभन्दा धेरै दर्शक सहभागि गराउने लक्ष्य रहेको कन्सर्टमा अन्य चर्चित व्यक्तिलाई पनि सहभागी गराउने तयारी गायक केसीको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button