
सिनेमा संसार
काठमाडौं
भोलि शुक्रबार रिलिज हुने सिनेमा दुखी आत्माको बुकिङ सुरु खुल्ला गरिएपछि यसले सिनेमा हलमा राम्रो उत्साहको वातावरण सिर्जना गरेको छ।
दीपेन्द्र लामाको लेखन र निर्देशनमा बनेको सिनेमाले मल्टिप्लेक्समा सुखद शोज प्राप्त गरेको छ। क्यूएफएक्स चेनले उपत्यकामा २४ शोज राखेको छ भने, बीग मुभिजले ३ शोज, वान सिनेमाज नयाँ बाँनेश्वरमा ५ शोज, कालिमाटीमा ४ शोज, एफक्यूब सिनेमाजमा ५ शोज र आइएनआई नयाँ बाँनेश्वरमा ४ शोज दिएको छ। काठमाडौं बाहिर पनि सिनेमाले राम्रो शोज पाएको छ।
हिमाल कडरियाको निर्माणमा सुदिप ढकाल कार्यकारी निर्माता रहेका छन्। यस सिनेमाको प्रमुख भूमिकामा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङलगायतका कलाकारले अभिनय गरेका छन्।