CINEMANEWS

एक्टर टेक वनको ट्रेलर त्रिकोणात्मक प्रेम कथा

सिनेमा संसार
काठमाडौं
सिनेमा एक्टरः टेक वनको ट्रेलर सार्वजनिक सार्वजनिक गरिएको छ।
आगामी माघ १६ गते रिलीज हुने सिनेमाको शुक्रबार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो। राजन भुसालद्वारा निर्देशित सिनेमाको ट्रेलरले त्रिकोणात्मक प्रेमकथा र महत्वाकांक्षी पात्रबीचको द्वन्द्वलाई केन्द्रमा राखेको छ। सिनेमाका मुख्य कलाकार प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइरालालाई ट्रेलरमा विशेष रूपमा फिचर गरिएको छ। ट्रेलरले प्रदीप खड्काको महत्वाकांक्षी चरित्रको कथा देखाउँछ, जसलाई आफ्नो लक्ष्य प्राप्त गर्न विभिन्न तगारा पार गर्नुपर्छ।
सिनेमामा प्रदीप, आना र दिव्यासँगै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतको प्रमुख भूमिका रहेको छ। राजनको यो डेब्यु निर्देशकिय सिनेमा हो। यस सिनेमाबाट अभिनेता कोइराला १० वर्षपछि ठूलो पर्दामा फर्किँदै छन्। दिव्या रायमाझीले यही सिनेमाबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी छन्। दिव्या, अभिनेता दिलीप रायमाझीकी छोरी हुन्, र उनी अमेरिकाबाट नेपाल फर्केर यो चलचित्रमा अभिनय गर्न थालेकी हुन ।
अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुतिमा निर्मित एक्टरः टेक वनको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन्। थमन कुमार भण्डारीले निर्माण गरेको सिनेमामा अनीश भुसाल सह–निर्माता र मोती कार्की क्रियटिभ प्रोड्युसर छन्।

Related Articles

Check Also
Close
Back to top button