CINEMANEWS

जितु नेपाल धनकुटाबाट कार्की साइँला

सिनेमा संसार
काठमाडौं
राजेन्द्र बस्नेतको निर्देशनमा बन्ने सिनेमा कार्की साइँलाको छायांकन सुरु भएको छ। निर्माण टिमले मंगलबारबाट धनकुटाबाट छायांकन सुरु गरेको जानकारी दिएको छ।
छायांकनमा अभिनेता जितु नेपाल, प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोडा राई, कमल देवकोटालगायतका कलाकारहरू उपस्थित छन्। निर्देशक बस्नेतले सिनेमाको छायांकन एक महिनाको सेड्युलमा धनकुटा, बराहक्षेत्र र चतरामा हुने बताए।
यस सिनेमा जितु नेपालको जोडीमा प्रियना आचार्य रहनेछिन् प्रियनाले यसअघि झरिपछिको इन्द्रेणीमा अभिनय गरेकी थिइन्। सक्किगोनी टेलिश्रृंखलाबाट चर्चामा आएकी प्रियना र जितुको यो पहिलो सहकार्य हो।
कर्णबहादुर फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने यस सिनेमा बालकुमार राई निर्माता रहेका छन्। कृष्ण भगत चाम्लिङको प्रस्तुती, मुख्य सहायक निर्देशक रोजल थापा, छायांकन डम्बर राई, द्वन्द किरण दाहाल, संगीत दिप्सन लिम्बु र प्रोडक्सन सिबी भण्डारीले सम्हालेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button