
सिनेमा संसार
काठमाडौं
माघे संक्रान्तीको अबसर पारेर सिनेमा आबाट आमाको गीत जाँदैछु नौ डाँडा काटेर सार्वजनिक गरिएको छ।
आगामी माघ १६ गते रिलीजमा आउने सिनेमाको सार्वजनिक गीतको भावले परदेशिन एक युवा बाध्यतावश मन नलागी नलागी परदेशीन लागेको कथा खोलेको छ। गीतको भिडियोमा पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्तलगायतलाई प्रस्तुत गरिएको छ। गीत किरण परियारले गाएका छन् भने अभि सुनारको शब्द र संगीत रहेको छ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमामा विपना थापा र पल शाहका अलवा प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपालीलगायत कलाकारले अभिनय गरेका छन्।




