CINEMANEWS

चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित

सिनेमा संसार संवाददाता
काठमाडौं

चलचित्र निर्माता संघको १९ औँ महाधिवेशनले उदय सुब्बालाई नयाँ अध्यक्षमा चयन गरेको छ। अध्यक्ष पदमा प्रतिस्पर्धी रहेका सुनिलकुमार थापालाई पराजित गर्दै सुब्बा विजयी बनेका हुन्। मतदानमा सुब्बाले १५३ मत प्राप्त गर्दा थापाले १२७ मत पाए।

महाधिवेशनले महासचिवमा खगेन्द्र लामिछाने, सचिवमा युवराज गिरीलाई निर्वाचित गरेको छ।

त्यस्तै, उपाध्यक्षमा रौनकविक्रम कँडेल र ज्योतिराज राई सर्वसम्मत चयन भए। कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध निर्वाचित भएका छन्।

९ सदस्य पदका लागि ७ जनाले मात्र उम्मेदवारी दिएपछि सबैजना सर्वसम्मत निर्वाचित भएका छन्। निर्विरोध सदस्यहरूमा चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डित रहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button