
सिनेमा संसार
काठमाडौं
शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन केन्द्रमा आयोजित फिनालेमा रियालिटी शो मेरो भ्वाइस युनिभर्स २ र मेरो डान्स युनिभर्स २ का विजेताहरू घोषणा भएका छन्।
मेरो भ्वाइस युनिभर्स २ को उपाधि प्रथम गुरुङले जितेका छन् भने मेरो डान्स युनिभर्स २ को उपाधि रिस्ता गुरुङले हात पारेकी छिन्। उनीहरूले जनही १ करोड रुपैयाँ नगद, ट्रफी र उपहार प्राप्त गरे।
भ्वाइस प्रतियोगितामा हङकङबाट प्रतिनिधित्व गरेका टोपराज तामाङ फस्ट रनर्सअप बनेर २५ लाख नगद जिते। कतारबाट आएकी जुनु प्रसाईँ सेकेन्ड रनर्सअप भएकी छिन् र १० लाख नगद प्राप्त गरिन्। झापाका प्रशान्त पोखरेल चौथो रनरअप बनेर ५ लाख नगद पाए भने दीपराज राई पाँचौं रनरअप बनेर ४ लाख नगद जिते।
डान्स प्रतियोगितामा सिक्किमकी अमृता राई फस्ट रनर्सअप बनेर २५ लाख नगद प्राप्त गरिन्। सितुन महर्जन सेकेन्ड रनर्सअप भएकी छिन् र १० लाख नगद जितिन्। सुरज सिंजाली मगरले तेस्रो रनर्सअपको उपाधि पाउँदै ६ लाख नगद पाए भने सुसाना कोइरालाले चौथो रनरअप बनेर ५ लाख नगद प्राप्त गरिन्। साजन पाख्रिन तामाङ फिफ्थ रनर्सअप बन्दै ४ लाख नगदसहित १० लाख रुपैयाँ पुरस्कारमा प्राप्त गरे ।