CINEMANEWS

अभिमन्यु : च्याप्टर–१ को पोस्टर सार्वजनिक, भदौ २७ मा रिलिज

सिनेमा संसार
काठमाडौं

आगामी भदौ २७ गते रिलिज हुने तयारीमा रहेको सिनेमा  ‘अभिमन्यु : च्याप्टर–१’ को पोस्टर सार्वजनिक गरिएको छ।

पोस्टरमा कामेश्वर चौरासियालाई खुसीले चिच्याइरहेको अवस्थामा देखाइएको छ। उनको तलतिर विराटनगर कारागार देखिन्छ, जहाँ नजिकै डफल ब्याग पनि राखिएको छ। उनको हाउभाउले या त फिरौती रकम बुझाउँदै छन्, या त उठाउँदैछन् भन्ने संकेत दिन्छ।सिनेमा ले पैसाको लोभमा चक्रव्यूहमा फसेको व्यक्तिको संघर्ष र त्यहाँबाट उम्कन गरेको प्रयासको कथा प्रस्तुत गर्नेछ।सिनेमा को हिन्दी संस्करण असोज ६ गते रिलिज हुने जनाइएको छ।सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भइरहेको यस सिनेमा का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्।

सिनेमा मा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायतका कलाकारको अभिनय रहेको छ।सुशान्त गौतमले निर्देशनमार्फत डेब्यु गर्दैछन् भने क्रिएटिभ निर्देशकको भूमिकामा मदन थापा रहेका छन्।सिनेमा को लेखन मुकेश खनालले, छायांकन शरद महतोले, सम्पादन मदन घिमिरेले गरेका छन्।रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माताका रूपमा रहेका छन् भने कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुईंटेल र सन्देश श्रेष्ठ छन्।लाइन प्रोड्युसरको जिम्मेवारी जीवन शाक्यले निर्वाह गरेका छन्।

Related Articles

Check Also
Close
Back to top button