
सिनेमा संसार
काठमाडौं
कला र संगीतमार्फत समाजमा प्रेरणा फैलाउदै आएका कलाकार स्वतन्त्र संसार महर्जन अब रहेनन्। ४६ वर्षको अल्पायुमै उनले संसारबाट बिदा लिएका छन्।
शनिबार बिहान कीर्तिपुर अस्पतालमा उनको निधन भएको हो।पिसाबमा समस्या देखिएपछि अस्पताल लगिएका उनको उपचारकै क्रममा निधन भएको थियो। स्पाइनल ट्युमरले शरीर थलिएको उनको सिर्जनात्मक चेतना र कलाप्रतिको जोश कहिल्यै कमजोर भएन।
खोकनावासी महर्जनले शारीरिक रूपमा हिडडुल गर्न नसक्ने अवस्थामा पनि गीत संगीत र मनोरञ्जन पत्रकारितामा योगदान गर्दै थिए। पाच दिनअघि मात्रै उनले निर्माण गरेको नेपाल भाषाको गीत ल्यासे स्वः जुल सार्वजनिक भएको थियो। २०५६÷२०५७ तिर कला क्षेत्रमा लागेका उनी क्रमशः २०६२ सालदेखि अभिनयतर्फ प्रवेश गरेका थिए। महर्जनले निफ्वो स्वाः, जिपी बदमास मखु थ्व जिगु नुगः, इहिपा लगायतका ९ सिनेमा मा अभिनय गरेका छन् भने पिया च्वनालगायत तीन सिनेमा निर्देशनसमेत गरेका थिए। स्पाइनल टियुमरले कम्मरकोमुनिको भाग नचल्ने भएपछि उनी मानसिक रूपमा अझ सशक्त भएर कलाको उत्थान र सिनेमा पत्रकारितामा सक्रिय भएका थिए।
उनले सञ्चालन गर्दै आएको संसार्स अनलाइन टिभीमार्फत हरेक साता प्रसारण हुन व्यक्तित्व म्हसिका टक शोमा नेपाली कला, संगीत र समाजका योगदानकर्ता व्यक्तित्वहरूस“गको अन्तरवार्ताले राम्रो प्रभाव पारेको थियो।
यो कार्यक्रम हालसम्म सयौं भाग पार गरिसकेको छ। ‘महर्जनको इच्छाशक्ति, निष्ठा र सिर्जनात्मक ऊर्जा हाम्रो लागि अमूल्य सम्पदा हो। आज उनी शारीरिक रूपमा हामीस“ग छैनन् तर उनको योगदान, सपना र प्रेरणा हामी सबका लागि सदा स्मरणीय रहनेछ।’ —महर्जनप्रति श्रद्धाञ्जली अपर्ण गर्दै ललितपुर महानगरपालिका—२१ का वडाध्यक्ष रवीन्द्र महर्जनले भने।कलाकार महर्जनको शनिबार नै सिकाली चौरस्थित घाटमा नेवाः परम्पराअनुसार दाहसंस्कार गरिएको छ।