CINEMANEWS

राम नाम सत्यमा सुनिल थापा फरक अवतारमा देखिने

लभस्टोरी, एक्सन, रोमान्स र सस्पेन्स शैलीमा निर्माण हुने सिनेमा राम नाम सत्यमा ख्यातिप्राप्त अभिनेता सुनिल थापालाई फरक अवतारमा देखिने भएको छ।आगामी साउनको अन्तिम साताबाट छायांकनमा जाने फिल्मको हाल पि–प्रोडक्सनको काम भइरहेको छ। फिल्मका लागि कलाकारहरू फाइनल गर्ने क्रम पनि चलिरहेको छ। सिनेमामा नायकद्वय विराज भट्ट र सुशील श्रेष्ठ, नायिकाद्वय दिव्या रायमाझी र सुपुष्पा भट्ट फाइनल भइसकेका छन् भने अभिनेता सुनिल थापालाई पनि अनुबन्धित गरिएको छ।

निर्देशक माइकल चन्दका अनुसार, सुनिललाई यसपटक विल्कुलै फरक गेटअपमा देखाइनेछ। ‘हामी, उहाँलाई विल्कुलै फरक अवतारमा देखाउँदैछौ । सुनिल दाइलाई दर्शकले यसअघि यस्तो अवतारमा देख्नु भएको थिएन। जुन अवतारले दर्शकलाई पनि सरप्राइज दिनेछ’ माइकलले भन्छन्। नायक सुशील श्रेष्ठ परिवर्तन नामक फिल्मको सेटबाट फर्किएसँगै वर्कसप शुरू हुने निर्देशक चन्दले बताए।

माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा उपेन्द्र शाही, श्वेता विमली र उत्तम गुरुङले निर्माण गर्ने  सिनेमामा डा. डीआर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह कार्यकारी निर्माता रहनेछन्। महेश पौडेलको डीओपी रहने फिल्मका लागि साउथ इन्डियन फिल्मका कलाकार तथा एक्सन निर्देशकसग पनि सहकार्य गरिने निर्देशक चन्दले जानकारी गराए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button