
सिनेमा संसार
काठमाडौं
अभिनेता अनमोल केसी र फिल्म फर्की फर्कीको टिमविरुद्ध व्यक्तिगत मोबाईल नम्बर दुरुपयोग गरेको भन्दै मुद्वा परेको छ।
साहित्यकार नरेन्द्र बहादुर श्रेष्ठले सोमबार काठमाडौ“ जिल्ला अदालतमा अनमोल केसी, निर्देशक सुयोग गुरुङ, निर्माता रोहित अधिकारी, चलचित्र जाच समिति लगायतलाई विपक्षी बनाई उचित कारबाही र क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका हुन्। अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार उनले सो मुद्दा वारेसमार्फत दर्ता गरेका हुन्।
अदालतमा दर्ता गरिएको निवेदनमा श्रेष्ठले फिल्ममा आफ्नो व्यक्तिगत मोबाइल नम्बर प्रयोग गरिएको र त्यस कारण उनलाई मानसिक र शारीरिक पीडा भएको बताएका छन्। उनले आफ्नो नम्बर हटाउन ओटीटी प्लेटफर्म एमएसएमलाई आग्रह गर्दा पनि सुनुवाइ नभएपछि अन्ततः कानुनी बाटो रोजेको समेत बताएका छन्। उनले श्रेष्ठले यसअघि पनि सम्बन्धित निकायहरूलाई पटकपटक जानकारी गराएको तर कुनै प्रभावकारी कदम नचालिएको जनाउँदै अब कानून अनुसार सजाय माग गरेको बताए।रोहित अधिकारीको निर्माता तथा सुयोग गुरूङको निर्देशन रहेको फिल्म फर्की फर्की गतवर्ष रिलिज भएको थियो।